Suvadin, Home
Citizen Bank 440.6k

Cover Image

'सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’

तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन्।
फाइल फाेटाे

काठमाडौं, ५ पुस – खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नहुने बताएकी छन्।

बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन्।

‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेका छौं, सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’ उनले भनिन् ‘१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ।’

तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन्। अहिले पनि ठेकदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उनले बताइन्।


 

More form the Internet

loading...