Suvadin, Home
Citizen Bank 463.5k

Cover Image

सुनचाँदी व्यवसायी मुखियाको हत्या, अभियुक्त पक्राउकाे माग गर्दै बिर्तामाेडमा प्रदर्शन

गत फागनु २० गते अज्ञात व्यक्तिको अपहरणमा परेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ। मुखियाको शव बोराभित्र सड्न लागेको अवस्थामा सोमबार इलामको कोल्बुङमा भेटिएको थियो।
साजन मुखिया।

देबु बानियाँ, झापा, फागुन २९ – झापा सुनचाँदी व्यवसायी संघ सदस्य साजन मुखियाको सोमबार हत्या भएको छ। हत्याकाे विराेधमा मंगलबार बिर्तामाेडमा प्रदर्शन भएकाे छ।

गत फागनु २० गते अज्ञात व्यक्तिको अपहरणमा परेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ। मुखियाको शव बोराभित्र सड्न लागेको अवस्थामा सोमबार इलामको कोल्बुङमा भेटिएको थियो।

बिर्तामोड प्रहरीले पनि घटनाको पुष्टि गरेको छ। मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा उनको शव फेला परेको हो।

उनकाे शव पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा भेटिएको थियो। बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै घरबाट बाहिरिएका थिए।

त्यसपछि बेपत्ता भएका मुखियाको हत्या गरिएको अवस्था भेटिएको थियो। उनको शव प्रकृति मुचुल्कापछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ।


 

More form the Internet

loading...