Suvadin, Home

२ कम्पनीका प्रतिशेयर अाम्दानी नै ५९१ रुपैयाँ

विश्वको चर्चित ब्राण्ड कोकाकोलाको नेपालस्थित उत्पादकहरु बेटलर्स नेपाल बालाजु(BNL) र बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षमा फराकिलो अन्तरले कमाई बढाएको विवरण सार्वजनिक गरेका छन्। बोटलर्स नेपाल बालाजुले मात्र अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.५५ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ९० लाख १९ हजार रुपैंया पुर्याएको छ। अघिल्ले आर्थिक वर्षमा बालाजुले ७० करोड २८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ मात्र छ। त्यस्तै बोटलर्स नेपाल तराई (BNT) ले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४८.२३ प्रतिशतले खुद नाफाको आकार बढाएर ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षमा तराईले ४८ करोड २६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बोटलर्स नेपाल तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ मात्र छ।

काठमाडाैं, ३१ साउन – नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ कम्पनीले गत आर्थिक वर्षमा उच्च दरको प्रति शेयर अाम्दानी भएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। दुवै कम्पनीहरू उत्पादन समुहका रहेका छन्। र, अर्बाैं रुपैयाँको एउटै ब्राण्डका उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएका छन्।

विश्वको चर्चित ब्राण्ड कोकाकोलाको नेपालस्थित उत्पादकहरु बेटलर्स नेपाल बालाजु(BNL) र बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षमा फराकिलो अन्तरले कमाई बढाएको विवरण सार्वजनिक गरेका छन्।

बोटलर्स नेपाल बालाजुले मात्र अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.५५ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ९० लाख १९ हजार रुपैंया पुर्याएको छ। अघिल्ले आर्थिक वर्षमा बालाजुले ७० करोड २८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ मात्र छ।

त्यस्तै बोटलर्स नेपाल तराई (BNT) ले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४८.२३ प्रतिशतले खुद नाफाको आकार बढाएर ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षमा तराईले ४८ करोड २६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बोटलर्स नेपाल तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ मात्र छ।

उल्लेखित दुवै संस्थाले नेपालमा कोकाकोला तथा अन्य पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन्। बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड तथा तराईले ५ अर्ब ६५ करोड रुपैयाँको कोकाकोला बिक्री गरेका छन्।

दुई कम्पनीको गरी पौने १५ अर्ब रुपैयाँको कोकाकोला तथा अन्य उत्पादन नेपाली बजारले खपत गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दुवै कम्पनीले आफ्ना उत्पादनको बिक्रीबाट हुने आम्दानीको आकार बढाएका छन्।

दुवै कम्पनीले उल्लेखित रकमको कोकाकोला तयार उत्पादन गरी बजारसम्म पुर्याउँदा झण्डै ६० प्रतिशत मात्र लागत परेको देखाएका छन्। अर्थात बोटलर्स नेपाल बालाजुले ५ अर्ब ९० करोड रुपैंयाको लगानी गरी ९ अर्ब ८ करोड ३४ लाख रुपैयाँको कोकाकोला बेचेको छ। 

त्यसैगरी बोटलर्स तराइले ३ अर्ब ६० करोड रुपैयाँ लगानीमा उत्पादन गरेको कोकाकोला ५ अर्ब ६५ करोड ८४ लाख रुपैयाँमा बिक्री गरेको छ। चुक्ता पूँजी १९ करोड ४८ लाख ९ हजार रुपैयाँ रहेको बोटलर्स बालाजुको प्रतिशेयर आम्दानी ४ सय ८४ रुपैयाँ छ।

जगेडा कोषमा तीन अर्ब २ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको बोटलर्स बालाजुको मूल्य आम्दानी अनुपात ३ गूणा मात्र बढी छ भने प्रति शेयर नेटवर्थ १ हजार ७ सय ४७ रुपैयाँ छ।

उता चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको बोटलर्स तराईको प्रतिशेयर आम्दानी ५९१ रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब ८४ करोड १ लाख रुपैयाँ सञ्चित रहेको बोटलर्स तराईको मूल्य आम्दानी अनुपात १२ गूणा बढी छ भने प्रतिशेयर नेटवर्थ १ हजार ६ सय २१ रुपैयाँ छ।

दुवै बहुराष्ट्रिय कम्पनीले लगानीकर्तालाई बोनस नभई नगद लाभांश मात्र वितरण गर्दै आएका छन्। जसका कारण कम्पनीको पूँजी स्थिर हुँदा प्रतिशेयर आम्दानी, नेटवर्थ लगायतका सूचकहरु धेरै आश लाग्दो देखिएका हुन्।

यसरी वितरण हुने लाभांशको आकार कमाईको तुलनामा झिनो हुने भएकाले दुवै कम्पनीको शेयर मूल्य औसत अवस्थामा रहेको हो। लाभांस क्षमता राम्रो हुँदा लाभांश पनि सोही अनुसार वितरण हुने हो भने अहिले देखिएको दुवै कम्पनीको मूल्य आम्दानी अनुपातको अवस्था अर्कै हुने देखिन्छ।


 

More form the Internet

loading...