Suvadin, Home

बोटलर्स नेपालको दुवै कम्पनीले लाभांश बाढ्दै

प्राथमिक शेयरधनीलाई कम्पनीको लाभांशले फाइदा हुने देखिए पनि दोस्रो बजारबाट उच्च मूल्य लगानी गर्ने लगानीकर्तालाई भने महङ्गा कम्पनीको शेयरमा गरिने लगानी प्रतिफलको हिसाबले हात्तिको मुखमा जिरा हुने गरेको छ। सोमबार बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता ६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। यस आधारमा एक सय कित्ता शेयर किन्न लगानीकर्ताले कम्तिमा ६ लाख ४५ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

काठमाडाैं, २५ भदाै – विश्वविख्यात पेय पदार्थ उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपालको दुवै कम्पनीहरुले सोमबार गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन्। बोटलर्स नेपाल तराइले ४० र बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्राथमिक शेयरधनीलाई कम्पनीको लाभांशले फाइदा हुने देखिए पनि दोस्रो बजारबाट उच्च मूल्य लगानी गर्ने लगानीकर्तालाई भने महङ्गा कम्पनीको शेयरमा गरिने लगानी प्रतिफलको हिसाबले हात्तिको मुखमा जिरा हुने गरेको छ।

सोमबार बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता ६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। यस आधारमा एक सय कित्ता शेयर किन्न लगानीकर्ताले कम्तिमा ६ लाख ४५ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेअनुसार एक सय कित्ता शेयर किनेका लगानीकर्ताले कम्पनीको असोज १६ गते डाकेको साधारण सभाले पारित गरेपश्चात चार हजार रुपैयाँ मात्र नगद लाभांश प्राप्त गर्दछन। कम्पनीले अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने गर्दछ। लगानीकर्ताले दोस्रो बजारमा उच्च मूल्यमा शेयर किन्दा कम्पनीले प्रस्ताव गरेको लाभांश अनुपात ०.६२ प्रतिशतमा सीमित हुने देखिन्छ।

बोटलर्स नेपाल बालाजुको शेयरमूल्य प्रतिकित्ता एक हजार ६९३ रहेको छ। यस कम्पनीको एक सय कित्ता शेयरमा लगानी गर्न कम्तिमा एक लाख ७० हजार रुपैयाँ आवश्यक हुन्छ। यसरी किनेको शेयरमा उसले असोज १५ गतेको साधारण सभाबाट पारित भएपछि २० प्रतिशत अर्थात दुई हजार लाभांश प्राप्त गर्दछ।

एक लाख ७० हजार लगानीमा दुई हजार लाभांश पाउनु भनेको १.१८ प्रतिशत मात्र हुन आउँछ। यसकारण शेयरमूल्य उच्च हुने कम्पनीले घोषणा गर्ने लाभांश लगानी गरिएको रकमको आधारमा शेयरधनीले ज्यादै न्यून मात्र पाउँछन्।

यसले के देखाउँछ भने तपाई शेयर बजारमा लगानी गरेर राम्रो प्रतिफल खोज्नुहन्छ भने सस्तो शेयरमूल्य भएका कम्पनी नै छान्नु उपयुक्त देखिन्छ। 


 

More form the Internet

loading...