Suvadin, Home
Nepal life 1.831M

बुद्ध एयर पब्लिक कम्पनीमा रुपान्तरण हुने, सर्वसाधारणलाई ७० प्रतिशत शेयर

कम्पनीले सर्वसाधारणलाई ३० प्रतिशत, ३० प्रतिशत अन्तराष्ट्रिय रणनीतिक साझेदारलाई र बाँकि १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ–संस्था या व्यक्तिले पाउने कम्पनीले जनाएको छ। एटीआर जहाज चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बुद्ध एयरले उक्त घोषणा गरेको हो।

काठमाडाैं, २५ असोज – बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी अहिले प्राइभेट कम्पनीका रूपमा आन्तरिक र क्षेत्रीय उडान गरिरहेको छ।

३ वर्षपछि  अन्तराष्ट्रिय  उडान गर्ने योजनामा रहेको कम्पनीले एयरलाइन्सले अन्तराष्ट्रिय उडानमा ३० प्रतिशतमात्रै सेयर राखेर बाँकी ७० प्रतिशत साधारण शेयर बिक्री गर्ने घोषणा गरेको छ।

कम्पनीले सर्वसाधारणलाई ३० प्रतिशत, ३० प्रतिशत अन्तराष्ट्रिय रणनीतिक साझेदारलाई र बाँकि १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ–संस्था या व्यक्तिले पाउने कम्पनीले जनाएको छ। एटीआर जहाज चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बुद्ध एयरले उक्त घोषणा गरेको हो।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आन्तरिकतर्फ निजी कम्पनीकै रूपमा सेवा सञ्चालन गरिने र अन्तराष्ट्रिय तर्फ पब्लिकमा जाने कम्पनीको योजना भएको बताए।

अन्तराष्ट्रिय उडानलाई नै पब्लिकका रूपमा लगिने प्रष्ट पार्दे उनले पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट उडान सुरु गर्ने जानकारी दिए। अन्तर्रा्ष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले अहिले काठमाडौंबाट भारतका बनारसमा उडान गरिरहेको छ।

नेपालमा हालसम्म कुनै पनि हवाई सेवा प्रदायक कम्पनी पब्लिकमा भएका छैनन्। बुद्धसँग हाल साना ठूला गरी ११ वटा विमान छन्। ७२ सिट क्षमताको ६ वटा एटिआर ७२–५००, ४७ सिट क्षमताको ३ वटा एटिआर ४२–३२० र १९ सिट क्षमताको २ वटा विचक्राफ्ट १९०० डी विमान छन्।


 

More form the Internet

loading...