Suvadin, Home

यसरी सुरु भयो संसदको बजेट अधिवेशन 

व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ। बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आब्ह्रान गरेको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएपछि अधिवेशन औपचारिक रुपमै सुरु भएको हो।
व्यवस्थापिका संसद।

काठमाडौं, जेठ ८– व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ। बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आब्ह्रान गरेको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएपछि अधिवेशन औपचारिक रुपमै सुरु भएको हो।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा २ सय ९६ को उपधारा ६ बमोजिम संसदको बजेट अधिवेशन आब्ह्रान गरेकी हुन्।

आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्न मंगलबार ११ बजे संसद बैठक पनि बोलाइएको छ।

सभामुख घर्तीले अर्थ मन्त्रालको आग्रहमा मंगलबार आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूचि तय गरिएको पनि स्पष्ट पारिन। 

व्यवस्थापिका संसदको नियमावली २०७३ मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश हुनेछ। सरकारले बजेट पेश गर्नु अघि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेर आईतबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पेश गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिइएको छ।
 

 


 

More form the Internet

loading...