Suvadin, Home

फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट छुट्याइयो

आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो। यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ।

काठमाडौं, १६ जेठ – सरकारले काठमाडौं निजगढ द्रुतमार्ग फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो। यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ।

द्रुतमार्ग निर्माण गरिरहेको सेनाले आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन ३८ अर्ब बजेट माग गरेको थियो। चालु आर्थिक वर्षमा सरकारले यो सडकका लागि १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो। तर, सेनाले ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने अनुमान गरिएको छ।

नेपाली सेनाले अहिले डीपीआर निर्माण गर्दैछ। यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर सेनाले नकिन्ने निर्णय गरेसँगै नयाँ डिपिआर बनाउनुपरेको हो।

लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। चार वर्षमा पूरा हुने लक्ष्य राखिएको आयोजनाको कुल लागत १ खर्ब ११ अर्बको अनुमान गरिएको छ।


 

More form the Internet

loading...