Suvadin, Home

छयहत्तर करोड ३३ लाख बजेट फिर्ता

जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए । 

भद्रपुर, ४ साउन । झापामा आर्थिक वर्ष २०७३÷७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । 

जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए । 

गत आवमा चालुतर्फको कुल बजेट रु आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये रु सात अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ रु तीन अर्ब २७ करोड दुई लाख पाँच हजारमध्ये रु दुई अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ । रासस 


 

More form the Internet

loading...