Suvadin, Home

बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि

उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने जिकिर गर्नुभयो । उनले बजेट प्रस्तुत भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे। 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्ष २०७४÷०७५ को बजेट प्रस्तुत गर्न जानुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ, १५ जेठ- सरकारले आज प्रस्तुत गरेको आगामी आवको बजेट कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने जिकिर गर्नुभयो । उनले बजेट प्रस्तुत भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने उल्लेख गरे। 

बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ। बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताए। रासस


 

More form the Internet

loading...