Suvadin, Home

साताको पहिलो दिन नेप्से ८.२३ अंकले वृद्धि 

आइतबार नेप्सेमा १४८ कम्पनीका १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री भएका छन्। अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ। ७३ करोड ९४ लाख ४१ रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सेन्ज ।

 
काठमाडौं, असार ११ –
साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ८.२३ अंकले बढेको छ। १५५९.४९ अंकबाट दिनको सूरुवात गरेको नेप्से १५६७.७२ अंकमा अडेको छ।

आइतबार नेप्सेमा १४८ कम्पनीका १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री भएका छन्। अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ। ७३ करोड ९४ लाख ४१ रुपैयाँको कारोबार भएको छ।

बीमा समूहको उपसूचक ८.६९ अंकले घटेको छ, भने बाँकी सबै समूहको उपसूचक हरिया भएका छन्।बैंकिङ समूह १२.५६, होटल समूह ११.०४, विकास बैंक समूह ४.४३, जल विद्युत समूह १.८३, वित्त समूह २.७, उत्पादन मूलक समूह ८.४६ र अन्य समूह ०.८७ अंकले बढेका छन्।

 

आज रिलायन्स फाइनान्सका लगानीकर्ताले ८.५७ प्रतिशतले कमाएका छन्। यस्तै, सिन्धु विकास बैंक, कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.५५ र ६.१० प्रतिशतले कमाएका छन्।वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशतले गुमाएका छन्।


 

More form the Internet

loading...