Suvadin, Home

सेयर कारोवार अव अनलाइनबाट हुने 

सेयर कारोवार कात्तिक २१देखि अनलाइन माध्यमबाट गर्न सकिने भएको छ।
नेपाल स्टक एक्सचेन।

काठमाडौं, असार २३–  सेयर कारोवार कात्तिक २१देखि अनलाइन माध्यमबाट गर्न सकिने भएको छ।कार्यकाल सकेर बिदा हुन लागेका नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाले पत्रकार सम्मेलन गर्दै कात्तिक २१ देखि सेयरको अनलाइन कारोबार हुने जानकारी दिएका हुन्।अनलाइन कारोबारको लागि सबै काम भइरहेको र कात्तिक २१ देखि यो प्रणाली मार्फत कारोबार हुने थपलियाले  जानकारी दिए।

 

गत मंगलबार अनलाइन कारोबारको सफट्वेयर निर्माण कम्पनीले नेप्सेलाई अनलाइन कारोबारको बारेमा जानकारी गराएको थियो।बुधबार कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका उच्च अधिकारीलाई परियोजनाको बारेमा जानकारी दिएका थियो ।‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ चौधरीले नेप्सेका अधिकारीसँग भने, ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन्।’


चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए।


 

More form the Internet

loading...