Suvadin, Home

वातावरणमैत्री रहेको कम्पनीको दावी
ग्राहकको माग र इच्छा अनुसार सीजी ब्राण्डका एसी बजारमा

नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनगर गदैं सिजी ब्राण्डले सर्वसुलभ मूल्यमा नेपाली बजारमा विभिन्न किसीमका एयर कण्डिशनरहरु उपलब्ध गराउँदै आएको छ ।सीजी एसीको मुख्य उदेश्य नेपाली बजारलाई सस्तो मूल्यमा, गुणस्तरीय उत्पादन दिने र आफ्नो उत्पादनलाई धेरै भन्दा धेरै स्थानमा पु¥याउने रहेको छ । नेपाली बजारमा सीजी एसीको बढ्दो प्रयोग भएको देखिन्छ ।
सीजी ब्राण्डका एसीहरू।

अंगद सिंह/काठमाण्डौं, जेठ २१ – आजको प्रतिप्रर्धा बजारमा अन्य कम्पनी ब्राण्डहरुलाई प्रतिस्प्रर्धा गदै सिजी ब्राण्डले आकर्षक र नयाँ–नयाँ डिजाईनहरुमा विभिन्न विशेषता भएका एसीहरु नेपाली बजारमा ल्याईउँदै आईरहेको छ ।

नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनगर गदैं सिजी ब्राण्डले सर्वसुलभ मूल्यमा नेपाली बजारमा विभिन्न किसीमका एयर कण्डिशनरहरु उपलब्ध गराउँदै आएको छ ।सीजी एसीको मुख्य उदेश्य नेपाली बजारलाई सस्तो मूल्यमा, गुणस्तरीय उत्पादन दिने र आफ्नो उत्पादनलाई धेरै भन्दा धेरै स्थानमा पु¥याउने रहेको छ । नेपाली बजारमा सीजी एसीको बढ्दो प्रयोग भएको देखिन्छ ।

 नेपाली बजारमा मुख्य गरि घरका साथै होटल, हस्पिटल, मन्त्रालय, पार्टी प्यालेश बैंक र सेमिनार हलहरुमा सीजी एसीको बढी प्रयोग भएको देखिन्छ । सीजी एक नेपाली ब्राण्ड भएको र यसको गुणस्तर एवम् सर्विस नेपालभर उपलव्ध हुने र एक मात्र स्वदेशी कम्पनी भएकाले जनमानसमा सीजी ब्राण्डले राम्रो छाप पार्न सफल भएको छ ।

पूर्वको काँकडभित्ता देखि पश्चिम कञ्चनपुरको महेन्द्रनगरसम्म विभिन्न मोडेर, आकर्षक डिजाईन एवम् साईजका एसी ब्राण्ड खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । सीजी कम्पनी निकै आकर्षक विभिन्न फूलको डिजाईन, डिजिटल डिस्प्ले, आकर्षक ग्लास र प्यानलसहित बजारमा आएको छ ।

यस कम्पनीले नेपालभर सर्विस र जडानको व्यवस्था गदैं सीजी कम्पनीका सामग्रीहरुमा ३६ महिनाको वारेन्टी दिएको छ  ।

सीजी कम्पनीले नेपाली बजारमा ल्याएका एसी शून्य दशमलव ७५ टन देखि २ टनसम्म चिसो तातो बनाउने क्षमता, वाल माउण्टेड खालको र २ देखि ४ टनसम्मको सिलिङ्क क्यासेट रहेको छ । जुन सिलिङ्को बीचमा राख्ने खालको गरि दुई किसीमबाट सीजी  कम्पनीले बजारमा ल्याएको छ ।

 एसी इन्भटरले नचलेता पनि विजुलीको कम भोल्टेजले चलाउन सकिने भएकाले अन्य एसीको तुलनामा यसले कम विजुली खपत गर्ने विशेषता रहेको छ । सीजी एयरकण्डिशनरहरुमा भिटामिन, इन्रीचिङ, फिल्टर र क्याटेचिन फिल्टर प्रयोग गरिएको छ । सीजी ब्राण्डका साम्रगीहरुका विभिन्न विशेषताहरुले आरामदायी सेवा लिन सकिने छ । त्यस्तै क्याटेजिन फिल्टरले विभिन्न किसीमका फोहोरमैलाबाट जोगाउनुका साथै दुर्गन्धहरुलाई सजिलै हटाउन सहयोग गर्छ ।

 सीजी ब्राण्डले बजारमा एयर कण्डिशनरको खरिदमा ४ मिटर १ सय प्रतिशत कपरको पाईप सेटसँग उपलव्ध गराउदै आईरहेको छ । सीजी कम्पनीका एसीहरुले कम आवाज दिने र वातावरणमैत्री रहेको छ ।

यसमा रिमोटले सम्पूर्ण कार्य गर्न सक्ने,डिस्प्लेय चलाउन सजिलो एवम् १२ देखि १४ घण्टाको समय मिलाउन सकिने जनाईएको छ । यसको प्रमुख विशेषता भनेको एयर कण्डिशनरमा प्राविधीक समस्या आएमा यसमा रहेको डिस्प्यलेमा नचलेको सजिलै जानकारी थाहा पाउन सकिन्छ ।

सीजी ब्राण्डले आगामी दिनहरुमा ग्राहकलाई मध्येनगर गर्दै नयाँ प्रविधीका सीजी एयर कण्डिशनरहरु पनि बजारमा विस्तार गदैं लैजाने बारेमा सीजी ब्राण्डका सेल्स प्रमुख विष्णु ज्ञावलीले जानकारी दिए ।

 

 


 

More form the Internet

loading...