Suvadin, Home

'बनौं आदर्श नागरिक' अभियान

ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गरी सिजीले दुर्घटनामा परेका घाइतेलाई तत्काल उपचारका लागि जो–कोही नागरिकले नजिकको अस्पताल पुर्याई सहयोग गरेमा त्यस्ता सहयोग गर्ने व्यक्तिलाई १ हजार १ सय प्रदान गरिने सिजीले जनाएको छ। यसबाट सडक दुर्घटनाका घाइतेले समयमा उपचार पाउने र सर्वसाधारण बिनाहिच्चकिचाहट घाइतेलाई अस्पताल पुर्याउने काममा संलग्न हुने अपेक्षा सिजीले गरेको छ। सिजीले  आफ्नो अभियान  बनौं आदर्श नागरिकमा सरिक हुन पनि सबैलाई आह्वान गरेको छ।
चौधरी ग्रुपकाे लाेगाे।

काठमाडौं, चैत २३ – चौधरी ग्रुपको सिजी फुड्स नेपाल प्रालिले बनौं आदर्श नागरिक नामको अभियान सुरु गरेको छ। सामाजिक उत्तरदायित्व स्वरुप सिजीले बनौं आदर्श नागरिक नामको अभियान सुरु गरेको हो।

सिजीले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको हो। हरेक नेपालीलाई आदर्श नागरिक बन्न अभिप्रेरित गर्दै एउटा मञ्च खडा गर्ने उद्देश्य साथ बनौं आदर्श नागरिक नामको अभियान सुरु गरेको सिजीले जनाएको छ।

ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गरी सिजीले दुर्घटनामा परेका घाइतेलाई तत्काल उपचारका लागि जो–कोही नागरिकले नजिकको अस्पताल पुर्याई सहयोग गरेमा त्यस्ता सहयोग गर्ने व्यक्तिलाई १ हजार १ सय प्रदान गरिने सिजीले जनाएको छ।

यसबाट सडक दुर्घटनाका घाइतेले समयमा उपचार पाउने र सर्वसाधारण बिनाहिच्चकिचाहट घाइतेलाई अस्पताल पुर्याउने काममा संलग्न हुने अपेक्षा सिजीले गरेको छ। सिजीले  आफ्नो अभियान  बनौं आदर्श नागरिकमा सरिक हुन पनि सबैलाई आह्वान गरेको छ।


 

More form the Internet

loading...