Suvadin, Home

चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । 

बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा उनले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

‘‘साथीहरूले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’’ ढकालले भने । आफू महासंघको उपाध्यक्षका साथै एक उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरका कार्यक्रममा पुग्दा सबैले महासंघको नेतृत्वमा आउन आग्रह गरेको उनले सुनाए । 

आफूले सानो व्यवसायदेखि याात्रा सुरु गरेको बताउँदै उनले आगामी दिनमा साना तथा मझौला एवं समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने प्रतिबद्धता जनाए ।
 


 

More form the Internet

loading...