Suvadin, Home

चौतारी लघुवित्तले आर्इपिओ निष्काशन गर्न बोर्डबाट पायो स्वीकृत

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले बढीमा दुई महिनाभित्रमा साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तलले साधारण शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटलार्इ बिक्री प्रबन्धक नियुक्ति गरेको छ। हाल १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारीको एक सय रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन पश्चात १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ।
सांकेतिक तस्वीर

काठमाडाैं, २२ भदाै – चौतारी लघुवित्तले पाँच करोड ४० लाख रुपैयाँको साधारण शेयर आईपिओ जारी गर्ने भएको छ। लघुवित्त कम्पनीले आईपिओ जारी गर्न भदौ २१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले बढीमा दुई महिनाभित्रमा साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तलले साधारण शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटलार्इ बिक्री प्रबन्धक नियुक्ति गरेको छ।

हाल १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारीको एक सय रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन पश्चात १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ रहेको छ।

गत वर्ष लघुवित्तले एक करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले २२ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४४ करोड ३४ लाख रुपैयाँ सापट गरेर ७७ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्रमा रहेको छ। उसले ३४ शाखा कार्यालय मार्फत २२ हजार ९०८ जना विपन्न वर्गका महिलालाई समूहमा आवद्ध गराएर सेवा प्रदान गर्दै आइरहेको छ।

वि.सं. २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट (घ) वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको थियो।


 

More form the Internet

loading...