Suvadin, Home
NMB Bank Ltd 275.7k
आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म चितवन महोत्सव आयोजना गरिएको छ। समग्र चितवनको विकास गर्ने लक्ष्यसहित यस वर्ष पनि चितवन महोत्सव आयोजना गरिएको जानकारी दिइएको हो। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव मूल आयोजक समितिले नारायणघाटस्थित प्रदर्शनी मैदानमा महोत्सव आयोजना गरिएको जनाएको छ।

चितवन, पुस २०

महोत्सवमा ४ सय ७५ वटा स्टल राख्ने पनि उल्लेख गरिएको छ। चितवनका उत्पादित सामग्रीलाई प्रवद्र्धन हुने गरी स्टल राख्न लागिएको बुधबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

स्थानीय तहमा उत्पादन हुने केरा, मह, च्याउलगायतका वस्तुहरुलाई प्रर्दशनीमा राखिने मूल आयोजक समितिका संयोजक राजन गौतमले जानकारी दिए। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन्। महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ।

More form the Internet

loading...