Suvadin, Home

बाढी प्रभावितलाई घर बनाउन जापानमा रहेका नेपालीको सहयोग

जापानमा रहेका नेपालीहरुले नेपालका भूकम्प प्रभावितहरुको घर निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।
फाइल फाेटाे।

चितवन, कात्तिक १२ –  जापानमा रहेका नेपालीहरुले नेपालका भूकम्प प्रभावितहरुको घर निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानमा बस्ने नेपालीबाट संकलन गरिएको  चार लाख रकम चितवन समाज जापानले हस्तान्तरण गरेको हो।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा यहाँका १० घर बाढी प्रभावितको घर निर्माणका लागि चार लाख सहयोग भएको हो। 

सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले विदेशमा रगत र पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। 

रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत यहाँका १० घरलाई जापानबाट आएको सहयोग हस्तान्तरण गरेको बताउँदै अर्को चरणमा अन्य देशबाट संकलित रकम दक्षिण चितवनको माडीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने जानकारी दिए।
 
गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ। 

यहाँका बुद्धिराज महत्तो, तारा महत्तो, सीताराम महत्तो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महत्तो, जीवन महत्तो र यमराज महत्तोको घर बाढीले क्षति पु¥याएको थियो। सो रकम उनीहरुकै घर निर्माणमा खर्च गरिने छ। 

भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले प्राप्त सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जगाए। 


 

More form the Internet

loading...