Suvadin, Home

चूडामणिको रिटको सुनुवाइ हेर्दाहेर्दैमा,  मंगलबार सुनुवाइ हुने

कर फछ्र्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको,   २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप  छ।
भष्टाचार मुद्दा खेपिरहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा।

काठमाडाैं, साउन १६–गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा मंगलबारका लागि राखिएको छ। 

भष्टाचार गरेको अभियोगमा अख्तियारले शर्मालाई पक्राउ गरी विशेष अदालतमा मुद्दाम दायर गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरिसकेको छ।

तर, उनलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै दायर रिटमा आइतबार  सर्वाेच्च अदालतका  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नभ्याएपछि मंगलबारका लागि राखिएको हो।

शर्माका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरेका थिए।  त्यसअघि गत आइतबार अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेललगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राखेका थिए।
 शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ। सोही इजलासले यही साउन ८ गते शर्माको विशेष अदालतमा रहेको मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो। 

गत असार ४ गते न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी  थिए।

कर फछ्र्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको,   २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप  छ।


 

More form the Internet

loading...