Suvadin, Home

सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच सहकार्य

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौता पश्चात बैंकका डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ।

काठमाडाैं, २६ असार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, चाबहिलले अापसमा सहकार्य गर्ने भएको छ। सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालले सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौता पश्चात बैंकका डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 

बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ।


 

More form the Internet

loading...