Suvadin, Home

स्थानीय तहमा सेवा विस्तार गर्ने उद्देश्यसहित गाउँँ–गाउँमा सिटिजन्स बैंक

बैंकले २०७५ साल वैशाख ३१ गते केन्द्रीय कार्यालय नारायणहिटी पथमा पत्रकार सम्मेलन अायोजना गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ६ वटा शाखा विस्तार गरेको जानकारी दिएका हुन्। बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ वटा शाखाहरु संचालनमा ल्याएको छ।

काठमाडाैं, १ जेठ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई शिरोधार्य गरि घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको छ। अाफ्नो सेवाले विस्तार गरेर जनतालार्इ अझै सहज बनाउन यस बैंकले ६ वटा शाखा थपेको छ।

बैंकले २०७५ साल वैशाख ३१ गते केन्द्रीय कार्यालय नारायणहिटी पथमा पत्रकार सम्मेलन अायोजना गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ६ वटा शाखा विस्तार गरेको जानकारी दिएका हुन्।

बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ वटा शाखाहरु संचालनमा ल्याएको छ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ। यसलाई मुर्त रुप प्रदान गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  थप ६ वटा शाखाहरु संचालनमा ल्याएको छ।

संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आर्थिक वर्ष २०७४–७५ मा पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ।

नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो। २०६८ सालमा हुम्लाको सिमिकोट र २०७० सालमा डोल्पामा समेत बैंकले शाखा संञ्चालनमा ल्याइसकेको छ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको  भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा यसै आ.वमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराएका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव ३ लाख ३५ हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा,ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ। 


 

More form the Internet

loading...