Suvadin, Home
Nepal life 1.76M

सामुदायिक वन, जनताको धनः ६० हजारलाई रोजगारीको अवसर

वन विभागका अनुसार सामुदायिक वनका विभिन्न कार्यमा हेरालु र अन्य कर्मचारी गरी ६० देखि ७० हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन्। सामुदायिक वन दिवसका अवसरमा विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले सामुदायिक वनबाट वर्षेनी करीब रु १० अर्ब आम्दानी हुने गरेको जानकारी गराएका छन्।
सामुदायिक वनमा वृक्षरोपण गरिँदै।

काठमाडौं, २५ साउन – मुलुकको वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको सामुदायिक वनबाट ६० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ।

वन विभागका अनुसार सामुदायिक वनका विभिन्न कार्यमा हेरालु र अन्य कर्मचारी गरी ६० देखि ७० हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन्। 

सामुदायिक वन दिवसका अवसरमा विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले सामुदायिक वनबाट वर्षेनी करीब रु १० अर्ब आम्दानी हुने गरेको जानकारी गराएका छन्।

लम्सालले यसको उपयोगितामा भने केही चुनौती देखिएको उल्लेख गरे। सामुदायिक वन विकासको अवधारणा नेपालको आफ्नै मौलिकता भएको बताउँदै महानिर्देशक डा लम्सालले यसबाट विश्वका धेरै मुलुकले अनुभव सिकेको जानकारी दिए। 

उपमहानिर्देशक राजेन्द्र केसीले सामुदायिक वनले मुलुकको वातावरण, आर्थिक, सामाजिक सशक्तीकरणलगायत क्षेत्रमा पुर्याएको योगदानका बारेमा अवगत गराउँदै विभागले यसबारेमा विवरणसहित स्पष्ट तथ्यांक राख्ने तयारी गरिरहेको बताएका छन्। 

सामुदायिक वन महाशाखाका उपमहानिर्देशक अनुप शर्माले सामुदायिक वनले विभिन्न उपयोगितासँगै काठ दाउराका रुपमा ऊर्जा र घाँसपातका रुपमा कृषि क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको धारणा व्यक्त गरेका छन्। 

मुलुकमा हालसम्म २२ हजार २६६ सामुदायिक वन छन्। जसमा २९ लाख सात हजार ८७१ घरधुरी संख्या सहभागी छन् । सिन्धुपाल्चोकको ठोकर्पाको वनबाट विसं २०३० देखि सामुदायिक वनको अवधारणा शुरु भएको हो। 

'सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान' भन्ने नारासहित यस वर्ष विभिन्न कार्यक्रमका साथ सामुदायिक वन राष्ट्रिय दिवस बिहीबारदेखि तीन दिनसम्म मनाइँदैछ।


 

More form the Internet

loading...