Suvadin, Home
Bridge Water

कोमात्सुद्वारा जीडी ५३५–५ को बिक्री शुरु

कम्पनीको अनुसार यो मेशीनसँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड ईन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुन्छ। यो मेशीनको कमन रेल इन्जेक्सन सिष्टमले गतिलो थ्रोटल नियन्त्रण गर्छ जसले उच्च हर्षपावरको साथ उच्च वर्क स्पिड दिन्छ। यसको दुईवटा ‘पि’ र ‘ई’ मोडले ईन्जिनको आउटपुटलाई अनुकुलित बनाउँछ र तेल खपत कम गराउँछ। सुपरियर ट्रान्समिसन अटो मोडको संयोजन सहित (टर्क कन्भर्टर ड्राईभ) र म्यानुअल मोड (डाइरेक्ट ड्राइभ) यो वर्गको अद्वितिय विशेषता हुन जसले ईन्जिन राखिएको स्थानलाई सुरक्षित गर्दछ। 

काठमाडाैं, २९ जेठ – कन्टीनेन्टल टेड्रिन्ङ इन्टरप्राइजेस प्रालि कोमात्सु हेभी इक्वीपमेन्टको लागी नेपालको आधिकारीक राष्ट्रिय वितरकले मोटर ग्रेडर जीडी ५३५–५ को बिक्री शुरु गरेको छ।

ग्रेडर जीडी ५३५–५ मा SAA 6 D107E–1 ईन्जिन छ भने यसको ३७१ मिटर ब्लेडले २ हजार आरपीएम मा १५४ हर्षपावर उत्पन्न गर्छ।

कम्पनीको अनुसार यो मेशीनसँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड ईन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुन्छ। यो मेशीनको कमन रेल इन्जेक्सन सिष्टमले गतिलो थ्रोटल नियन्त्रण गर्छ जसले उच्च हर्षपावरको साथ उच्च वर्क स्पिड दिन्छ।

यसको दुईवटा ‘पि’ र ‘ई’ मोडले ईन्जिनको आउटपुटलाई अनुकुलित बनाउँछ र तेल खपत कम गराउँछ। सुपरियर ट्रान्समिसन अटो मोडको संयोजन सहित (टर्क कन्भर्टर ड्राईभ) र म्यानुअल मोड (डाइरेक्ट ड्राइभ) यो वर्गको अद्वितिय विशेषता हुन जसले ईन्जिन राखिएको स्थानलाई सुरक्षित गर्दछ। 

बिक्री शुभारम्भ कार्यक्रमलाई कन्टीनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरे र कोमात्सु इन्डिया प्रालिका सहअध्यक्ष काजुमा नाकानिशीले संयुक्त रुपमा गरेका थिए।

यो मेशीनलाई कोमट्रयाक्स सिष्टममा बनाईएको छ। जसले ग्राहकको इक्वीपमेन्ट व्यवस्थापनमा मद्दत गर्दछ र तेलमा लाग्ने लागतलाई घटाउँदछ। कम्पनीका अनुसार कोमट्रयाक्स टर्मिनलले मेशिनको लोकेशन, कामको रेर्कड, मेशिनको कण्डिशन आदि जानकारी दिन्छ जुन तार रहित कम्युनिकेशनले काम गर्दछ। ग्राहकहरुले अनलाइन माध्यमबाट पनि कोमट्रयाक्सको डाटा हेर्न सक्दछन्।

नेपालमा २०औं वर्षदेखि ‘कोमात्सु’ हेभी इक्वीपमेन्टको क्षेत्रमा अग्रणी रुपमा उभिएको छ, कोमात्सु प्रोडक्टको प्राविधिक सपोर्ट ग्राहकहरुको सेवा पुग्ने गरी डिजाईन गरिएको छ। आफ्ना ग्राहकहरुलाई कसरी मेन्टिनेन्स र सपोर्ट गर्ने भनेर कोमात्सु डिष्ट्रिब्युटरले विभिन्न प्रभावशाली सेवाहरुको अफर गरेको छ।

कन्टीनेन्टलले यो पनि आश्वस्त पारेको छ की कोमात्सु मेशीनहरु यसको प्रिभेन्टीभ मेन्टिनेन्स क्लिनीक, आयल तथा घिसावट विश्लेषण कार्यक्रम तथा टिकाउ र प्रभावशालीको रुपमा प्रसिद्ध छ।

देशको विभिन्न भागमा बिक्री पश्चात्को सेवा प्रदायक सेन्टरहरु भएकोले कोमात्सु मेशीनको नेपालमा सबै भन्दा कम डाउन टाइम भएको मानिन्छ। यस सम्पूर्ण कुराहरुले गर्दा कोमात्सु मेशीनको राम्रो रिसेल मूल्य रहेको छ।