Suvadin, Home

युएस बैंकमाथि गैरकानुनी क्रियाकलापमा सहयाेग पुर्याएकाे अाराेप

म्यानहाटनमा संघीय अभियोजनकर्ता र त्यसमा फरक मत राख्नेहरुबीच बैंकले ग्राहकको कारोबार नियमन सुधार गरेको देखाउने विषयमा सहमतिमा पुगेका छन्। न्यायिक विभागले लगाएको अभियोग र अरु नियमनकर्ताको मुद्दालाई सहमतिमा ल्याउनका लागि बैंकले जरीमाना र सजायी गरी ६१ करोड ३० लाख अमेरिकी डलर तिराएको छ।

काठमाडाैं, फागुन ६ – अमेरिकाको पाँचौ ठूलो बैंक ‘युएस बैंक’ माथि संघीय निकायले गैरकानुनी क्रियाकलापमा सहयाेग पुर्याएककाे आरोप लगाएको छ। मिनेपोलिसस्थित युएस बैंकलाई त्यहाँको न्यायिक विभागले सम्पत्ती सुद्धीकरणका विभिन्न नियमको उलंघन गरेको अरोप लगाएको हो।

विभागले गैर कानुनी व्यावसायमा एक जना कर्जाबाहकलाई सघाएको र बैंकको ग्राहकमार्फत नियतवस अपराधिक गतिविधि गरेको अाराेप लगाएकाे छ।

म्यानहाटनमा संघीय अभियोजनकर्ता र त्यसमा फरक मत राख्नेहरुबीच बैंकले ग्राहकको कारोबार नियमन सुधार गरेको देखाउने विषयमा सहमतिमा पुगेका छन्। न्यायिक विभागले लगाएको अभियोग र अरु नियमनकर्ताको मुद्दालाई सहमतिमा ल्याउनका लागि बैंकले जरीमाना र सजायी गरी ६१ करोड ३० लाख अमेरिकी डलर तिराएको छ।

बैंकका कार्यकारी अधिकृत एन्डे सिसिरेले भने – 'सम्पत्ती सुद्धीकरण कार्यक्रमलाई सुधार गर्नका लागि बैंकले महत्वपूर्ण लगानी गरीसकेको छ।' युएस बैंकलाई लगाइएको मुद्दा ठूला बैंकहरु एचएसबिसी तथा स्टान्डर्ड चाटर्सलाई लगाइए जस्तै छ। यस बैंकले क्युवा तथा इरानका लागु औषध करोबारीसँग अमेरिकाबाट व्यावसाय सञ्चालन गरेको भनिएको छ।

सन् २०१२ मा संघीय अभियोजनकर्ताले एचएसबिसी विरुद्ध ९१ दशमलव ९ बिलियन अमेरिकी डलरको मुद्दा व्यवस्थापन गरेका थिए। पाँच वर्षदेखि बैंकका कर्मचारीले सुरक्षा प्रणाली सन्तुलित राख्न प्रयास गर्नुका साथै ग्राहकको शंकास्पद गतिविधिलाई अन्तरिक स्टाफसम्म जान रोकेको अधिकारीले आरोप लगाएका छन्।

सन् २००९ मा सम्पत्ती सद्धीकरणका विषयमा युएस बैंक र त्यसका काम गर्ने कर्मचारीका विषयमा अनुसन्धान गर्न भनिएको थियो।

अभियोजनकर्ताले गत अक्टोबरमा गैरकानुनी कारोबारमा अदालतले दोषी ठहरीयाका स्कट टकरको अनौठो तवरले कारोबार सञ्चालन गरेको विषयमा बैंकले जानकारी दिन नसकेको बताएका छन्।

गत बिहीबार बैंकलाई दोषी देखाइदा असंख्य खाता खुला थिए र नियमनकर्ताले स्कटको कारोबारमा अनियमिता देखिएको थियो। उनले व्यावसायीक खाता प्रयोग गरेर करोडौं डलर भुक्तानी दिइएको देखिएको थियो। यस कार्यमा बैंकका उच्चअधिकारी संलग्न भएको पत्ता लगाउन न्यायीक विभागले सकेको छैन।


 

More form the Internet

loading...