Suvadin, Home

नोटबन्दीले बिग्रियो पति–पत्नी सम्बन्ध

भारत सरकारले पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि त्यसले सर्वसाधारण र गरिब किसान मात्र प्रभावित भएका छैनन्, पति–पत्नीबीचको सुमधुर सम्बन्धमा पनि ठूलो उतारचढाव आएको छ। मध्यप्रदेशमा घरेलु हिंसाका घटनामा अत्यधिक बढोत्तरी भएको छ। त्यहाका परामर्श केन्द्रहरुमा घरेलु हिंसाका उजुरी थपिएका थपियै छन्।

काठमाडौं, माघ २४- भारत सरकारले पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि त्यसले सर्वसाधारण र गरिब किसान मात्र प्रभावित भएका छैनन्, पति–पत्नीबीचको सुमधुर सम्बन्धमा पनि ठूलो उतारचढाव आएको छ। मध्यप्रदेशमा घरेलु हिंसाका घटनामा अत्यधिक बढोत्तरी भएको छ। त्यहाका परामर्श केन्द्रहरुमा घरेलु हिंसाका उजुरी थपिएका थपियै छन्।

भोपालस्थित एक परामर्श केन्द्रकी अध्यक्ष सारिका सिन्हाले त्यहाको एउटा सञ्चारमाध्यममा भनेकी छन्, ‘नोटबन्दीपछि हिंसाका घटना अत्यधिक बढे, समयमै नियन्त्रणमा लिन नसके यसले आपसी भावनात्मक सम्बन्धलाई सधैका लागि भताभुंग पारिदिनेछ।’

८ नोभेम्बरको प्रतिबन्ध घोषणापछि मध्यप्रदेशका अधिकांश  महिलाले आफूले लुकाएका पाँच सय र हजारका नोट सटहीका लागि दिएका थिए। तर, पतिले ती नोट साटेर पनि फिर्ता नगरेपछि कलह बढेको हो। सारिकाले भनिन्, ‘अर्कोतर्फ नोट सटही गर्ने म्याद सकिएपछि पनि पत्नीसँग त्यस्ता नोट भेटिएपछि पनि यसले दम्पतीका बीचमा तिक्तता आएको देखिएको छ।’

साना घटनाले ठूलो रुप लिँदा कुटपिट र दुर्व्यवहारसम्मका घटना हुन थालेको देखिएको छ। नोटबन्दीअघि गौरबी नामक एक परामर्श केन्द्रमा घरेलु हिंसाका मुस्किलले मासिक ५० वटा उजुरी पर्ने गर्थे। तर, अहिले मासिक २ सय उजुरी दर्ता हुन थालेका छन्। जुन समस्या त्यहाका महिला अधिकारीकर्मी लगायतका लागि टाउको दुखाई बन्दै  गरेका छन्।

 


 

More form the Internet

loading...