Suvadin, Home

झापाः भुजिया फ्याक्ट्रीमा आगलागी

फ्याक्ट्री सञ्चालक भगवती थापाका अनुसार फ्याक्ट्रीमा भुजिया बनाउन प्रयोग गरिने खाद्य सामग्री र मेशिन गरी करिब पाँच लाख बराबरको क्षति भएको छ।
फ्याक्ट्रीमा भएकाे अागलागी। तस्वीरः शुभदिन

उत्तम रिजाल, झापा, मंसिर १५ – झापाको दमक नगरपालिका–६ स्थित भगवती भुजिया फ्याक्ट्रीमा आगलागी भएको छ। आगलागीकाे कारण अहिलेसम्म प्रष्ट हुन सकेकाे छैन। आगलागीबाट फ्याक्ट्रीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

फ्याक्ट्री सञ्चालक भगवती थापाका अनुसार फ्याक्ट्रीमा भुजिया बनाउन प्रयोग गरिने खाद्य सामग्री र मेशिन गरी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

उक्त फ्याक्ट्री दश वर्षअघि देखि सञ्चालन हुँदै आएको थियो। आगलागी दमक नगरपालिकाका दुर्इ र गौरादह नगरपालिकाको एक दमकलको सहायताले नियन्त्रणमा आएको छ।


 

More form the Internet

loading...