Suvadin, Home

Cover Image

फुटपाथमा तरकारी र फलफूल व्यापार गर्न नपाइने

तुलसीपुर उपमहानगरपलिकामा फुटपाथमा तरकारी र फलफूलको व्यापार गर्न नपाइने भएको छ ।

दाङ । तुलसीपुर उपमहानगरपलिकामा फुटपाथमा तरकारी र फलफूलको व्यापार गर्न नपाइने भएको छ ।

बजारलाई व्यवस्थित गर्ने उद्धेश्यले नयाँ निर्मित सब्जीमण्डीमा गाउँघरबाट तरकारी बेच्न आउने किसानलाई समेत नि:शुल्क रूपमा ठाउँको व्यवस्था गरिएकाले यस्तो ब्यबस्था गरिएको जनाइएको छ ।

अहिले रहेको तरकारी बजार आइतबारदेखि सेन्टर माविको जग्गामा निर्मित संरचनामा सर्न लागिएको छ ।

यो तरकारी बजार निर्माण गर्न ३६ जना फलफूल र तरकारी व्यवसायीले प्रति व्यक्ति झन्डै साढे ३ लाख रकम संकलन गरेका थिए ।


 

More form the Internet

loading...