Suvadin, Home
Bridge Water

संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको हो। गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलनसक्ने भएकाले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिएका छन्।

काठमाडौं,फागुन २९ – संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले औँल्याएका छन्। 

विश्व बैंकको नेपालस्थित कार्यालयले नेपाल संघीयतामा प्रवेश गरेको सन्दर्भमा सातवटै प्रदेशमा दुईलाख भन्दा बढी नेपालीसँग गरेको परामर्शमा त्यस्तो सुझाव प्राप्त भएको हो। 

द्रुत आर्थिक वृद्धि र गरिबी घटाउने गतिविधिमा कमी, शक्तिको असन्तुलन र अवसरको असमानताले स्रोतमा क्षीण सामथ्र्य, सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमका उपलब्धि प्राकृतिक विपत्तिका कारण जोखिममा परेकालगायत विषय समेटेर उक्त बैंकले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गरेको छ। 

अर्थसचिव शंकरप्रसाद अधिकारीले सार्वजनिक गरेकाे उक्त प्रतिवेदनमा राजनीतिक समावेशिताको प्रवद्र्धन, बढीभन्दा बढी रोजगारीका अवसर सृजनाका निम्ति निजी क्षेत्रको लगानीमा बढोत्तरी, प्राकृतिक स्रोत र साधनको अधिकाधिक उपायोग, हरेक नेपालीले मानव पूँजी निर्माण र त्यसको उपयोग गर्न पाउनुपर्ने अवस्थाको विकासमा जोड दिइएको छ। 

सार्वजनिक संस्थानले संघीयताको विस्तार तथा प्रवद्र्धनमा सघाउनुपर्ने, विधिको शासन प्रवर्द्धन र जवाफदेहिता, सडक, बिजुलीजस्ता भौतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी प्रोत्साहन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षण, बजारीकरणमा बढावा र कृषि उत्पादनलाई बजारसम्मको पहुँच निर्माण, तराईमा बाह्रै महिना सिँचाइको व्यवस्था, गुणस्तरीय शिक्षा, ग्रामीण भेगका महिलाको पुँजी र ऋणमा पहुँच विस्तारका साथै साना तथा मझौला उद्योगको विकासलाई प्रतिवेदनले उच्च प्राथमिकता दिएको छ।