Suvadin, Home

देवः को १७.१% बोनस शेयर बल्ल पुग्यो खातामा, डिम्याट नगर्नेले अझै कुर्नुपर्ने

देवः विकास बैंकले १७.१% बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको छ। बैंकले २०७४ कात्तिक २२ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो। कात्तिक २२ पछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ। तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। हाल देवः विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० रुपैयाँ छ।

काठमाडौं, १९ कात्तिक – देवः विकास बैंकले १७.१% बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको छ। बैंकले २०७४ कात्तिक २२ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस शेयर खातामा पठाइदिएको हो। कात्तिक २२ पछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ।

तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। हाल देवः विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० रुपैयाँ छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले ३ करोड २९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। देवः ले वेस्टर्न डेभलपमेन्ट बैंकलाई पनि एक्वायर गर्ने प्रक्रियामा छ। बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसा वार्षिक र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैँसा छ।


 

More form the Internet

loading...