Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

दुई विकास बैंकको एकता प्रक्रिया शुरु

सांकेतिक तस्वीर।

बुटवल,२७ फागुन- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। दुबै संस्थाबीच आइतबार राति समझदारी भएको हो।

दुबै संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीमा छ। प्राप्ति बारे सम्झौतापत्रमा साइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष सुरज उप्रेतीले हस्ताक्षर गरेका छन्। सोमबारबाट पुर्णिमाको शेयर कारोबार रोक्का हुने छ।

साइन रेसुङ्गाको एक अर्ब ६२ करोड रुपैयाँ पूँजी छ भने पूर्णिमाको ५५ करोड १२ लाख रुपैयाँ छ। साइन रेसुङ्गाको निक्षेप १६ अर्ब १० करोड र पूर्णिमाको तीन अर्ब ३५ करोड  रुपैयाँ छ। १४ अर्ब ५२ करोड ऋण लगानी गरेको साइन रेसुङ्गाले प्राप्ति गरेपछि पूर्णिमाको तीन अर्ब चार करोड रुपैयाँ ऋण थपिने छ। शाखा ५२ पुग्ने छन्।

यसअघि साइन रेसुङ्गाले गौमुखी विकास बैंकलाई गाभेको थियो। छुट्टाछुट्टै अस्तित्वमा रहेका साइन र रेसुङ्गा एकापसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो।
 
शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई किन्यो, यस्तो छ दुबै बैंकको वित्तीय अवस्था को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन।रासस


 

More form the Internet

loading...