Suvadin, Home
ती अाठ जनामध्ये पनि छ जना अमेरिकाका नागरिक हुन्। त्यसमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सदेखि फेसबुकका मार्क जुगरबर्गसम्म छन्। अरु दुई जना धनीमा एक जना स्पेन र अर्का मेक्सिकोका हुन्।

काठमाडाैं, माघ ३


संसारमा अाठ जना यस्ता व्यक्ति छन्, जोसँग ३ दशमलव ६ अर्ब मानिसको भन्दा बढी सम्पत्ति छ। यो अपत्यारिलो तथ्य हालै फोब्स बिलनियनर्स लिष्टले सार्वजनिक गरेको हो।

ती अाठ जनामध्ये पनि छ जना अमेरिकाका नागरिक हुन्। त्यसमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सदेखि फेसबुकका मार्क जुगरबर्गसम्म छन्। अरु दुई जना धनीमा एक जना स्पेन र अर्का मेक्सिकोका हुन्।

परोपकारका क्षेत्रमा काम गरिरहेको संस्था अक्सफामले भने यो तथ्यमा आश्चर्य व्यक्त गरेको छ। तर, इन्स्टिच्युट अफ इकनोमिक अफेयर्सका मार्क लिटिलबुडले गरिबका लागि काम गर्ने अक्सफामले गरिबमै केन्द्रित भएर उनीहरूलाई उन्नतिको बाटो देखाउनुपर्नेमा धनीहरूमै बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन्। अक्सफामको रिपोर्ट पनि स्वीजरल्याण्डको डावोसमा वर्ल्ड इकोनोमिक फोरमको बैठकको पूर्वसन्ध्यामा आएको हो।

ब्रिटेनका अर्थशास्त्री गेरार्ड लेयोन्सको भनाइ मार्क लिटिलबुड अलि मेल नखाने तरिकाले आएको छ। उनले मानिसलाई अर्थ व्यवस्था मजबुत गर्न ध्यान दिनुपर्ने बताए। ‘अक्सफाम ती कम्पनीहरूमा ध्यान केन्द्रित गरेर राम्रो गरिरहेको छ। जो आफ्ना सेयरधनी र ठूला अधिकारीलाई अधिकभन्दा अधिक धन कमाउने तरिका सिकाइरहेको छ,’ उनले भनेका छन्।

अक्सफामकी केटी राइटले धनी र गरिबको बीचमा दुरी बढिरहेको र यसले समाजमा विभाजनका संकेत ल्याइरहेकाले आफूहरूले निगरानी गरिरहेको बताएका छन्। ‘यसको नतिजा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा देखिइसकेको छ। डोनाल्ड ट्रम्पजस्ता मान्छे चुनावमा जित्नु त्यसैको परिणाम हो,’ उनको तर्क छ।

को हुन् अथाह सम्पत्तिका मालिक?

  • बिल गेट्स (अमेरिका) - सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह-संस्थापक
  • एमैन्सियो आर्टेगा (स्पेन) - जारा र इंडाइटेक्स कम्पनीका मालिक
  • वारेन बफेट (अमेरिका) - वर्कशायर हैथवेका ठुला सेयर होल्डर
  • कार्लोस स्लिम (मेक्सिको) - कार्सो समूहका मालिक
  • जेफ बेजोस (अमेरिका) - अमेजनका संस्थापक र मुख्य कार्यकारी
  • मार्क जुकरबर्ग (अमेरिका) - फेसबुकका सह संस्थापक र मुख्य कार्यकारी
  • लैरी एलिसन (अमेरिका) - ओरैकलका सहसंस्थापक र मुख्य कार्यकारी
  • माइकल ब्लुमबर्ग (अमेरिका) - ब्लूमबर्गका मालिक।

स्रोत : बिबिसी


 

More form the Internet

loading...