Suvadin, Home
Nepal life 1.067M

दोहा बैंकले नेपालमा सेवा सञ्चालन गर्दै

नेपालमा प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक स्वीकृति लिइसकेको बैंकले कर्मचारी छनौटसमेत शुरु गरिसकेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले भने, 'अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि हामीले कतारको सबैभन्दा ठूलो बाणिज्य बैंक दोहा बैंकलाई प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिइसकेका छौ,यसले नेपालका बैंकहरुलाई पनि अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि सहजीकरण हुन्छ।'

काठमाडौं, वैशाख २ – पछिल्ला दिनहरूमा राजनितिक स्थिरता कायम भएकाे सन्देश विश्वभर फैलिएपछि धेरै म्लटिनेश्नल कम्पनीले नेपालमा व्यवसाय गर्न चासाे देखाएका छन्। बेलायतको 'दि बैंकर' पत्रिकाले 'बेस्ट रिजनल कमर्सियल बैंक'को अवार्ड दिएको कतारको दोहा बैंक नेपाल आउने भएको छ।

नेपालमा प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक स्वीकृति लिइसकेको बैंकले कर्मचारी छनौटसमेत शुरु गरिसकेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले भने, 'अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि हामीले कतारको सबैभन्दा ठूलो बाणिज्य बैंक दोहा बैंकलाई प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिइसकेका छौ,यसले नेपालका बैंकहरुलाई पनि अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि सहजीकरण हुन्छ।' 

 दोहा बैंकको प्रतिनिधि कार्यालयले नेपाली बैंकहरुलाई प्रतितपत्र खोल्नलगायत अन्य होलसेल बैंकिङ कारोबार गर्न सहजीकरणको काम गर्ने छ। नेपालमा मर्केन्ट बैंकले गरेजस्तै काम दोहा बैंकले गर्नेछ। 

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, 'हामीले कार्यालय स्थापना र स्थायी कर्मचारी नियुक्त गरेर आउन भनेका छौं। उनीहरु प्रकृयामा छ। उनिहरूले हाम्रो सर्त पुरा गरेर आएपछि अन्तिम स्वीकृति दिन्छौं।'

दोहा बैंकले नेपालमा खुद्रा बैंकिङ कारोबार गर्न पाउँदैन। उसले यहाँ बैंकिङ सम्बन्ध विस्तार गर्नुका साथै आफ्नो अन्तर्राष्ट्रिरय अनुभव बाँड्ने काम गर्छ। पौडेलले भने, 'नेपाली बैंकले खोलेको एलसीलाई सहजीकरण गर्ने काम गर्छ। नेपाली बैंकलाई खाडीका देशहरुले चिनेन् भने दोहा बैंकले त्यहाँ सहजीकरण गरिदिने गर्छ।' 

बैंकको कुवेत, दुवइ, भारतलगायतका देशमा शाखा कार्यालय छ। जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, वेलायत, क्यानडा, जर्मनी, बंगलादेशमा प्रतिनिधि कार्यालय छन्।


 

More form the Internet

loading...