Suvadin, Home

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

काठमाडौं । आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको थियो । 

आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ १२ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ पैसा ८७ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ पैसा ९१ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८७ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा रहेको थियो ।


 

More form the Internet

loading...