Suvadin, Home

व्यवसायी दोहोरो करको मारमा पर्ने चेतावनी

अर्थसचिव शान्तराज सुवेदीले तत्काल आर्थिक नीति नबनाउने हो भने मुलुकको आर्थिक भार धान्न नसक्ने अवस्था आउने चेतावनी दिएका छन्। सचिव सुवेदीले संघीय ढाँचामा मुलुक गईसकेपछि साधनस्रोतले धान्न नसक्ने अवस्था आउने उल्लेख गर्दै नयाँ आर्थिक नीति र सोही अनुसारको कानून निर्माणको कामलाई अर्थ मन्त्रालयले उच्च प्राथमिकत दिएको पनि स्पष्ट पारेका छन्।

काठमाडौं, वैशाख ५– अर्थ सचिव शान्तराज सुवेदीले तत्काल आर्थिक नीति नबनाउने हो भने मुलुकको आर्थिक भार धान्न नसक्ने अवस्था आउने चेतावनी दिएका छन्।

सचिव सुवेदीले संघीय ढाँचामा मुलुक गईसकेपछि साधनस्रोतले धान्न नसक्ने अवस्था आउने उल्लेख गर्दै नयाँ आर्थिक नीति र सोही अनुसारको कानून निर्माणको कामलाई अर्थ मन्त्रालयले उच्च प्राथमिकत दिएको पनि स्पष्ट पारेका छन्।

मंगलबार काठमाडांैमा आयोजित ‘आर्थिक नीति तर्जुमा सम्बन्धि सुझाव संकलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई दिगो र फराकिलो बनाएर लैजान पनि नयाँ आर्थिक नीति आवश्यक हुन्छ।’

अर्थ सचिव सुवेदीले व्यवसायीहरु दोहोरो करको मारमा पर्ने पनि स्पष्ट पारे । ‘नयाँ संविधानले स्थानीय सरकार र केन्द्रिय सरकार दुवै तहबाट कर लिने किटानी व्यवस्था गरेको छ,’ अर्थ सचिव सुबेदीले भने, ‘त्यसलाई कसरी मितव्ययी बनाउने भन्ने विषयमा पनि आवश्यक निर्णय लिने बेला आएको छ।’

अर्थ मन्त्रालयले दोहोरो कर लिने संवैधानिक व्यवस्था भएपनि त्यसबाट व्यवसायीहरुलाई मारमा नपर्ने गरी आर्थिक नीति बनाउने प्रतिवद्धता जनाउँदै आएको छ।
 


 

More form the Internet

loading...