Suvadin, Home

डुङ्गाको एक वर्ष, समाजसेवा र व्यवसाय सँगसँगै

पोखराको पहिचानसहित लेकसाइडमा सञ्चालनमा आएको डुङ्गा रेस्टुरेन्ट एण्ड लउन्च बारले आफ्नो स्थापनाको १ वर्ष पार गरेको छ। स्थापनादेखि नै समाजसेवामा सक्रिय रहँदै आएको डुंगाले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेका छ। आफ्नै प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६० युनिटभन्दा बढी रगत संकलन गरिएको छ। पहिलो वार्षिकाेत्षवको अवसर पारेर बारले ३ दिने विशेष सांगीतिक कार्यक्रम गर्दैछ।
रक्तदान कार्यक्रम।

पोखरा, फागुन ७ – पोखराको पहिचानसहित लेकसाइडमा सञ्चालनमा आएको डुङ्गा रेस्टुरेन्ट एण्ड लउन्च बारले आफ्नो स्थापनाको १ वर्ष पार गरेको छ। स्थापनादेखि नै समाजसेवामा सक्रिय रहँदै आएको डुंगाले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेका छ।

आफ्नै प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६० युनिटभन्दा बढी रगत संकलन गरिएको छ। पहिलो वार्षिकाेत्षवको अवसर पारेर बारले ३ दिने विशेष सांगीतिक कार्यक्रम गर्दैछ।

जुन अवधिभर ग्राहकले तिरेको बिलबाट प्रतिबिल १ सय रुपैयाँ, स्टाफ कोषबाट केही रकम र ग्राहकले चाहे थप्ने गरी संकलित रकम धुर्मुस सुन्तली फाउण्डेशनलार्इ वितरण गर्ने टिम डुङ्गाका व्यवस्थापक प्रमोदबहादुर थापाले बताए।

बारले फेवातालको डुङ्गा घाटमा पर्यटक बस्न ९६ वटा कुर्सी पनि निर्माण गरिसकेको छ। योसँगै बाढीपीडित, खेलकुद, ट्राफिक व्यवस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा समाजसेवा गरिसकेको छ।

व्यवसाय मात्र नगरी अबका दिनमा टिम डुङ्गा फाउण्डेशनको रुपमा अगाडि बढेर समाजसेवालाई पनि सँगसँगै अगाडि लैजाने थापाले जनाएका छन्। स्थापनाको वर्षदिनको अवसरमा फेब्रुअरी २२, २३, र २४ मा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।

जसमा भारतीय र नेपाली कलाकारले प्रस्तुति दिने छन्। फेब्रुअरी २२ मा इण्डियन आइडलबाट चर्चा कमाएका अमित पलले आफ्नो प्रस्तुति दिने छन्। २३ र २४ मा क्रमशः चर्चित नेपाली व्याण्ड मुक्ति एण्ड रिबाइबल र द एक्स व्याण्डले आफ्नो प्रस्तुति देखाउने छन्।

योसँगै हास्यकलाकार सन्दीप क्षेत्रीले ३ दिन आफ्नो कला देखाउने कार्यक्रमका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बाले कार्यक्रम सञ्चालन गर्ने बारका सञ्चालक राजेश गुरुङले बताएका छन्। ३ दशमलव ५ करोड रुपैयाँको लगानी रहेको बारले ५२ जनालाई रोजगारी दिएको छ।


 

More form the Internet

loading...