Suvadin, Home
Nepal Telecom 1.213M

भूकम्पपीडितले निर्ब्याजी ३ लाख ऋण पाउने

विं.स.२०७२ वैशाख १२ र त्यसपछि गएका भुकम्पले घर भत्किएका पीडितले सामूहिक जमानीमा ३ लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौं, असोज २३ – विं.स.२०७२ वैशाख १२ र त्यसपछि गएका भुकम्पले घर भत्किएका  पीडितले सामूहिक जमानीमा ३ लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन बाधा गरिरहेको कार्यविधि संशोधन गरेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले कार्यविधि संशोधन गरी ऋण लिन सहज बनाउने निर्णय गरेको हो।

भुकम्प पीडितले धितो र सामूहिक जमानीबाट निर्ब्याजी ऋण पाउने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।

मन्त्रिपरिषदले केही दिनअघि पारित गरेको कार्यविधिले पनि यस्तो ऋण उपलब्ध गराउने भनेको थियो। तर, राष्ट्र बैंकले त्यसलाई अस्वीकार गरेपछि कार्यविधि संशोधन गर्दै ऋण उपलब्ध गराउने बाटो खोलेको बस्नेतले बताए।

उनका अनुसार भुकम्प पीडितले आफ्नो घर निर्माणका लागि अब सामूहिक जमानीमा अधिकतम ३ लाख रुपैयाँसम्म निर्ब्याजी ऋण प्राप्त गर्न सक्नेछन्।

सरकारले जारी गरेको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको बुँदा २५ मा भुकम्प पीडितहरुको घर निर्माणका लागि थप ३ लाख रुपैयाँ सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरेको थियो। 

न्यून आय भएका साना किसान, मजदुर, भूमिहीन जस्ता गरिब तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर ऋण आवश्यक हुने सबैलाई सुविधा उपलब्ध गराइनेछ।

भूकम्पपीडितहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख, ग, र घ वर्गका बैंक तथा वित्तिय संस्थाबाट निर्ब्याजी कर्जा लिन सक्नेछन्।

 


 

More form the Internet

loading...