Suvadin, Home

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ
तोलामै आठ सयले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ८ सय रहेको थियो । तर, आज तोलामा ८ सयले घटेर प्रतितोला सुन ७४ हजारमा कारोबार भइरहेको छ । 

त्यस्तै महासंघका अनुसार तेजावी सुन ७३ हजार ७ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले गिरावट आएको छ । 

सोमबार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । आज मूल्यमा गिरावट आइ प्रतितोला चाँदी ८ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

More form the Internet

loading...