Suvadin, Home

शुभदिन टिप्पणी
निर्वाचनमा हुने खर्चले अर्थतन्त्रमा कस्ताे प्रभाव पार्छ ?

निर्वाचन आयोगले १० अर्ब, गृह मन्त्रालय र अन्य सरकारी निकायले निर्वाचनका लागि १० अर्ब र प्रमुख दलका उम्मेदवारले केन्द्रमा २ करोड र प्रदेशमा १ करोडका दरले २३ अर्ब १२ करोड गरी जम्मा ४३ अर्ब जति खर्च हुने भएको छ। साथै राजनीतिक दल, निर्वाचन आयोग र अन्य क्षेत्रहरुले गर्ने खर्च हेर्दा अर्थतन्त्र गतिशील हुने देखिन्छ।

काठमाडौं, कात्तिक २१ – निर्वाचनमा हुने खर्चले देशको आर्थिक बृद्धिदरमा सकारात्मक प्रभाव पर्ने भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल ४३ अर्ब खर्च हुने भएकाले निर्वाचनमा देशको आर्थिक बृद्धिदरमा सकारात्मक प्रभाव पर्ने भएको हो।

नेपाल सरकार, निर्वाचन आयोग र निजी क्षेत्र सबैले आसन्न निर्वाचनका लागि धेरै खर्च गर्नुपर्ने भएकाे हुनाले बजारमा पैसाको प्रवाह पनि बढी हुनेछ। र याे समयमा बढी आर्थिक कारोबार हुने भएकाले आर्थिक बृद्धिमा सकारात्मक प्रभाव पर्ने अर्थशास्त्रीहरु बताउँछन्।

निर्वाचनको क्रममा हुने खर्च धेरै हुनाले  रुपैयाँ-पैसाको प्रवाह पनि बढी हुन्छ। र, यस समयमा मुद्राको अवमूल्यन हुने खतरा हुनुको साथै मूल्यबृद्धि पनि उचाईमा पुग्ने र आयात पनि बढ्न सक्छ।

निर्वाचन आयोगले १० अर्ब, गृह मन्त्रालय र अन्य सरकारी निकायले निर्वाचनका लागि १० अर्ब र प्रमुख दलका उम्मेदवारले केन्द्रमा २ करोड र प्रदेशमा १ करोडका दरले २३ अर्ब १२ करोड गरी जम्मा ४३ अर्ब जति खर्च हुने भएको छ। साथै राजनीतिक दल, निर्वाचन आयोग र अन्य क्षेत्रहरुले गर्ने खर्च हेर्दा अर्थतन्त्र गतिशील हुने देखिन्छ।


 

More form the Internet

loading...