Suvadin, Home

कांग्रेस र बाम गठबन्धनको आर्थिक मुद्दामा चल्यो दोहोरी

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै बाम गठवन्धन र नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा आर्थिक मुद्दालाई प्राथमिकता साथ राखेका छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।


काठमाडौं, कात्तिक २३– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै बाम गठबन्धन र नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा आर्थिक मुद्दालाई प्राथमिकता साथ राखेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले तीब्र र दीगोआर्थिक विकासको माध्यमबाट पूर्वाधार निर्माण गर्ने तथा र पाँच वर्षभित्र औद्योगिक लगानी र उत्पादनमा ब्यापक विस्तार गर्दै खाद्यान्न, फलफूल, तरकारी, अण्डा, दूध, मासु जलविद्युतमा आत्मनिर्भर हुने घोषणापत्रमा सार्वजानिक गरे।

नेपाली कांग्रेसको आर्थिक मुद्दाप्रति आक्रमक रुपमा प्रस्तुत भएको बाम गठवन्धनको घोषणापत्रमा १० वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार डलर पुर्याउनेदेखि पाँच वर्षभित्र नेपाललाई विकसिल राष्ट्र बनाउने महत्वकंक्षी घोषणापत्रमा उल्लेख गरेको छ।

बामगठवन्धनले सन् २०१९ सालसम्म सम्मुन्नत राष्ट्र बनाउने घोषणापत्रमा कृषि उत्पादन दश वर्षमा दोब्बर बनाउने , खाध्यन्न, माछा, मासु, अण्डा, दुधमा दुई वर्षभित्र आत्मनिर्भर हुनेदेखि घर घरमा विजुली जनजनमा शेयर नीति सार्वजनीक गरिएको छ।

आर्थिक मुद्दाप्रति  कुनै ठूलो भिन्नता नदेखिने नेपाली कांग्रेस र बामगठवन्धनको घोषणापत्र बिगतको भन्दा स्तरीय र रोचक रहेको छ।  


 

More form the Internet

loading...