Suvadin, Home

विद्युत प्राधिकरणले ट्रान्सफरमर उत्पादन गर्ने 

नेपाल विद्युत प्राधिकरणले आफुलाई चाहिने ट्रान्सफरमर अब आफैँ उत्पादन गर्ने भएको छ।
फाइल फोटो।

काठमाडौं, साउन ४ –नेपाल विद्युत प्राधिकरणले आफुलाई चाहिने ट्रान्सफरमर अब आफैँ उत्पादन गर्ने भएको छ। मुलुकमा ट्रान्फरमरको सबैभन्दा ठूलो प्रयोगकर्ता रहेको प्राधिकरणले यस अघि स्वदेशी एवं विदेशी उत्पादकबाट ट्रान्सफरमर खरिद गर्दै आएको थियो।
 

प्राधिकरणले ट्रान्सफरम उत्पादनका लागि कम्पनी नै स्थापना गरि सकेको छ। अहिले चालु मेन्टिनेन्स वर्कसपहरुलाई कम्पनीको स्वरुपमा ढालेको र अब बिस्तारै उत्पादन थाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 
हेटौँडामा प्राधिकरणको सबैभन्दा ठूलो मेन्टिनेन्स वर्कसप रहेको छ। त्यस बाहेक काठमाडौंको लैनचौर, भक्तपुरको खरिपाटी, बिराटनगर, धनगढी लगायतका स्थानमा प्राधिकरणले वर्कसप सञ्चालन गर्दै आएको छ। 
 
आगामी दिनमा आफ्नो माग आफैँले धान्ने गरि उत्पादनको तयारी गरेको घिसिङले जानकारी दिए। व्यवसायीक र स्वतन्त्र ढंगले सञ्चालन गर्न प्राधिकरणको विभाग अन्तर्गत नराखि छुट्टै कम्पनी दर्ता गरेको उनको भनाइ छ। 
 


 

More form the Internet

loading...