Suvadin, Home
Bridge Water

एभरेष्ट बैंकद्वारा संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक धनगढी शाखाको तर्फबाट शाखा प्रबन्धक यज्ञ राज तिमिल्सीना तथा कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा यस विद्यापीठका विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन्।

काठमाडाैं, २९ जेठ – एभरेष्ट बैंक धनगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ कैलाली गाँउ स्थित निलासैनी गुरुकुल संस्कृत विद्यापीठलाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण गरेको छ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक धनगढी शाखाको तर्फबाट शाखा प्रबन्धक यज्ञ राज तिमिल्सीना तथा कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा यस विद्यापीठका विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन्।

एभरेष्ट बैंक धनगढी शाखाले यस प्रकारका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्यको कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने यस बैंकका धनगढी शाखाका प्रवत्ता जनक अधिकारीले जानकारी दिए।