Suvadin, Home

प्रचण्ड र घिसिङबीच छलफल
सुदूरपश्चिमकाे लाेडसेडिङ कहिले हट्ला?

माअाेवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कसलमान घिसिङसँग छलफल गरेका छन्। शनिबार मात्र सुदूरपश्चिमबाट फर्केका प्रचण्डले अाज नै घिसिङसँग छलफल गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।

काठमाडौं, असार १० - राजधानी काठमाडाैंसहित मुलकका प्रमुख सहरमा लाेडसेडिङ अन्त्य भएका बेला सुदूरश्चिमलार्इ पनि लाेडसेडिङमुक्त गर्न छलफल थालिएकाे छ।

अहिले स्थानीय तहकाे निर्वाचन नजिकिदै गएका बेला दलका नेताहरूले पनि लाेडसेडिङलार्इ चुनावी एजेण्डा समेत बनाएका छन्।

यसैबीच, माअाेवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन्। शनिबार मात्र सुदूरपश्चिमबाट फर्केका प्रचण्डले अाज नै घिसिङसँग छलफल गरेका हुन्।

उनले प्राधिकरणका कार्यकारी निर्देशकसँग सुदूरपश्चिममा भइरहेको लोडसेडिङ कम गर्न आग्रह गरे।  अरु सहरहरुमा कम भएपनि सुदूरपश्चिमको भने कम हुन नसकेको भन्दै तुरुन्तै हटाउन आग्रह गरेका छन्।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जनाए ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुगेका प्रचण्डले कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदूरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए।

स्थानीय जनताको गुनासो सुनेपछि  प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए। उनको प्रधानमन्त्री कालमा काठमाडौं लगायत विभिनन ठुला सहरहरुमा लोडस्डिङको अन्त्य भएको थियो।


 

More form the Internet

loading...