Suvadin, Home

शुभ तिहार
तिहारका लागि फलफूल विदेशबाटै आयात

सरकारले गत आर्थिक वर्षमा १० वर्ष भित्र फलफूलमा आत्मनिर्भर हुने योजना अगाडि बढाएको भएपनि त्यसको असर उत्पादनमा भने न्युन देखिएको छ। कृषि विकास मन्त्रालयले गत आर्थिक वर्षमा १० वर्ष भित्र फलफूलमा आत्मनिर्भर योजन अघि बढाएपनि विदेशबाट आयात हुने फलफूलमा भने कुनै कमी नआएको हो।
पफलफूल।

काठमाडौं, कात्तिक ४– सरकारले गत आर्थिक वर्षमा १० वर्ष भित्र फलफूलमा आत्मनिर्भर हुने योजना अगाडि बढाएको भएपनि त्यसको असर उत्पादनमा भने न्युन देखिएको छ।

कृषि विकास मन्त्रालयले गत आर्थिक वर्षमा १० वर्ष भित्र फलफूलमा आत्मनिर्भर योजन अघि बढाएपनि विदेशबाट आयात हुने फलफूलमा भने कुनै कमी नआएको हो।

तिहारका लागि माग हुने फलफूलको अधिकांश हिस्सा विदेशबाटै आयात गरिएको बताउँदै फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँले सरकारले अगाडि सारेको १० वर्षमा फलफूलमा आत्मनिर्भर भन्ने कुराको कुनै असर नपरेको बता । उनले अहिले बजारमा माग भएको फलफूलहरु प्राय चीन र भारतबाटै आयात भइरहेको बताए ।

बानियाँले यस वर्ष गत वर्षको चाडवाडको बेलाको भन्दा करिब २० प्रतिशतले फलफूलको माग बढेको बताए। उनले पछिल्लो तीन दिनमा ६० हजार कार्टुन स्याउ विक्री भएको बताए। उनका अनुसार ६० हजार कार्टुन स्याउ करिब ५ करोड रुपैयाँ बराबरको हो। बजारमा स्याउको किसिम हेरेर प्रतिकेजी १ सय १० रुपैयाँ देखि २ सय ६० रुपैयाँसम्म रहेको छ ।

नेपालमा खपत भइरहेको स्याउको ७० प्रतिशत स्याउ चीनबाट आयात भइरहेको छ। बाँकी ३० प्रतिशत स्या उभने भारतको कस्मिर र नेपाली उत्पादनले नै धानेको संघका अध्यक्ष बानियाँको भनाई छ ।

नेपाली सुन्तला उत्पादनको समय नभएकाले नेपालमा खपत भइरहेको शत प्रतिशत सुन्तला भारतबाटै आयात गर्नु परेको छ। संघका अनुसार पछिल्लो तीन दिनयता दैनिक ४० लाख रुपैयाँ बराबरको सुन्तला विक्री भइरहेको छ। सुन्तालको थोक मुल्य भारतमा नै प्रतिकेजी १ सय १० रुपैयाँका दरले रहेको उनको भनाई छ।

त्यस्तै तिहारको पछिल्लो तीन दिनयता केराको व्यापारमा समेत निकै वृद्धि भएको संघले जानकारी दिएको छ। संघका अध्यक्ष बानियाँले दैनिक ६० लाख बराबरको केरा विक्री भइरहेको बताए।

उनले नेपालमा खपत भइरहेको केराको केही हिस्सा मात्रै भारतबाट आयात गर्नु परेको र बाँकि चितवन तथा विराटनगर लगायतका उत्पादनले धानेको बताए। बजारमा केरा प्रति दर्जन ८०रुपैयाँ देखि १ सय २० रुपैयाँ सम्म पाइने गरेको छ ।

त्यसैगरी तिहारको बेला नेपालमा खपत हुने गरेको सयपत्री फुलको माला समेत करिब १ करोड २० लाख बराबरको भारतबाटै गरिएको फ्लोरिकल्चर एसोसियनले जानकारी दिएको छ । नेपालमा खपत हुने गोदावरी र मकमलीमा नेपाल आत्निर्भर भइसकेको बताउँदै एसोसियनका अध्यक्ष कुमार कसजुले ३ लाख सयपत्री माला मात्रै भारतबाट आयात गरिएको बताए।

यसरी नेपालमा खपत हुने अधिकांश फल तथा फुलको आयात विदेशबाट भइरहेकाले कृषि विकास मन्त्रालयले अगाडी सारेको १० वर्षमा आत्मनिर्भर हुने कुरा भने ओझेलमा पर्दै गएको देखिन्छ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले गत आर्थिक वर्षमा मात्रै सरकारले १० वर्षमा आत्मनिर्भर हुने योजना अगाडी सारेकाले त्यसको प्रभाव केही समय पछि मात्रै देखिने बताए । उनले योजना अगाडी बढाएको १ वर्ष मात्रै भएकाले तत्काल त्यसको कुनै असर नदेखिने बताए ।
 


 

More form the Internet

loading...