Suvadin, Home

नेपालमा पुष्प व्यवसाय फस्टाउँदै

 नेपालमा पछिल्लो समय पुष्प व्यवसाय फस्टाउँदै गएको छ। सौखका रूपमा मात्रै छिटफुट फूल खेती हुँदै आएको नेपालमा पछिल्लो समय व्यवसायिक खेती गर्नेहरू बढेका छन्। साथै फूल व्यवसायबाट आत्मनिर्भर बन्न सकिने भएपछि यस व्यवसायमा आउने नयाँ व्यवसायीको संख्या पनि बढ्दै गएको छ।

काठमाडौं, चैत १९- नेपालमा पछिल्लो समय पुष्प व्यवसाय फस्टाउँदै गएको छ। सौखका रूपमा मात्रै छिटफुट फूल खेती हुँदै आएको नेपालमा पछिल्लो समय व्यवसायिक खेती गर्नेहरू बढेका छन्। साथै फूल व्यवसायबाट आत्मनिर्भर बन्न सकिने भएपछि यस व्यवसायमा आउने नयाँ व्यवसायीको संख्या पनि बढ्दै गएको छ।

नेपालमा ३९ जिल्लामा व्यवसायिक फूल खेती हुँदै आएको छ। हाल नेपालमा ६ सय ७८ जना पुष्प खेती गर्ने किसान छन्। मुलुकभर गरी १ सय ४८ हेक्टर जग्गाामा फुल खेती हुँदै आएको छ।

नेपाली बजारमा पुष्प खेतीमा ५ दशमलव २५ अर्बको लगानी छ। गत आर्थिक वर्षमा फूल निर्यात ३ अर्ब २५ करोड रूपैयाँको भएको थियो भने आयात ६ अर्ब ४ करोडको भएको थियो। पुष्प व्यवसाय फस्टाउँदै गए पनि अझै पनि फूलको बीउमा भने नेपाल आत्मनिर्भर भने हुन सकेको छैन।

अझै पनि यहाँका पुष्प व्यवसायीले ९५ प्रतिशत मौसमी फूलको बीउ आयात गर्ने गर्दछन्। ६० देखि ७५ प्रतिशत आलकांरिक बोट विरूवाको आयात हुँदै आएको छ। बीउमा परनिर्भर हुनुपर्ने र आयात घटाउन नसकेपनि पछिल्लो समय पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेकाले बुझेर व्यवसाय सुरू गर्नेले राम्रो आम्दानी गर्न सक्ने फूल व्यवसायी दशराम सुनुवार बताउँछन्।

पुष्प व्यवसाय फस्टाउदो छ भन्ने कुरालाई वर्षेनी हुने पुष्प मेलाले पनि प्रमाणित गर्दै आएका छन्। काठमाडाैंको भृकुटीमण्डपमा जारी तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेलाका सहभागी व्यवसायीको उत्साह, मेला अवलोकनकर्ताको बढ्दो संख्याले पनि यस व्यवसायको वर्तमान स्थितिलाई उजागर गरेको छ। समग्र पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०५१ साल देखि हरेक वर्ष फ्लोरिकल्चर एशोसिएसन नेपालको संयोजनमा पुष्पमेला हुँदै आएको छ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया लगायतका राष्ट्रहरुको सहभागिता छ। मेलामा २८ वटा अन्तर्राष्ट्रियसहित ९९ वटा स्टल रहेका छन्। ४ सय ५० वटा प्रजातिका पुष्पहरु मेलामा राखिएको पनि संयोजक वादेले बताए। चार दिनसम्म चल्ने मेलामा करिब ६५ हजारले अवलोकन गर्ने र करिब ७५ लाख बराबरको कारोबार हुने आयोजकले बताएको छ। मुलुकभर ४१ हजार घर परिवार पुष्प व्यवसायमा संलग्न छन्। 


 

More form the Internet

loading...