Suvadin, Home

वैदेशिक रोजगार, कानुन र उपचारकाे प्रश्न
'व्यवस्थित बनाउने जिम्मा सरकारकै हाे'

सरोकारवालाहरुले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार बलियो हुनुपर्ने आवश्यक्ता औल्याएका छन्। उनीहरुले सरकार बलियो भए वैदेशिक रोजगारमा जाने श्रमिकहरुको समस्या आफै समाधान भएर जाने पनि स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘वैदेशिक रोजगार, कानुन र उपचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पिपुल फोरमका अध्यक्ष सोमप्रसाद लुइँटेलले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सरकारको भएको स्पष्ट पारेका छन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट ।

काठमाडौं, चैत ११ – सरोकारवालाहरुले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार बलियो हुनुपर्ने आवश्यक्ता औल्याएका छन्। उनीहरुले सरकार बलियो भए वैदेशिक रोजगारमा जाने श्रमिकहरुको समस्या आफै समाधान भएर जाने पनि स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘वैदेशिक रोजगार, कानुन र उपचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पिपुल फोरमका अध्यक्ष सोमप्रसाद लुइँटेलले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सरकारको भएको स्पष्ट पारेका छन्।

उनले राज्य बलियो भए वैदेशिक रोजगारीमा गएका पीडितहरुले न्याय पाउने अवस्था आउने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने आवश्यक्ता पनि औल्याएका छन्। उनले राज्य बलियो नभएकै कारण वैदेशिक रोजगारीमा गएकाहरुलाई न्याय दिलाउन बनेका कानुनी तथा नीतिगत व्यवस्था पनि कार्यान्वयनमा आउन नसकेको तर्क पनि गरेका छन्।

अध्यक्ष लुइँटेलले वैदेशिक रोजगार नेपालको लागि सामाजिक पीडाको विषय बन्न गएको भन्दै त्यसलाई न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बेला आएको पनि स्मरण गराएका छन्।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सुरक्षित वैदेशिक रोजगार आजको मुख्य चुनौती बन्न गएको उल्लेख गर्दै समस्या समाधान लागि सरोकारवाला निकायबीच बलियो सहकार्य हुनुपर्ने बताए।

उनले समाज विखण्डन गर्ने काम समेत वैदेशिक रोजगारीले बढाएको उल्लेख गर्दैै त्यसतर्फ सरकार गम्भिर बन्नुपर्ने पनि स्पष्ट पारे। अध्यक्ष विष्टले वैदेशिक रोजगारीलाई आर्थिक सुदृढीकरण र देश विकासको आधारमा रुपमा विकसित गर्नुपर्ने आवश्यक्ता पनि औल्याए।

पिपुल फोरमले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ। फोरमले वैदेशिक रोजगारको क्रममा ठगी वा शोषणमा परेकाहरुलाई निःशुल्क कानुनी सहायता पनि उपलब्ध गराउँदै आएको छ।


 

More form the Internet

loading...