Suvadin, Home
Nepal life 1.831M

फरवार्ड माइक्रोफाइनान्सले ६५ प्रतिशत बोनस दिने

बिहीबार बसेको संस्था सञ्चालक समितिको ६१औं बैठकले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश करसहित दिने निर्णय गरेको हो। ५० प्रतिशत बोनस शेयर वितरण गरेपछि संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्ने छ।

काठमाडौं, २८ पुस – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीलाई ६५ प्रतिशत लाभांस दिने घाेषणा गरेकाे छ। 

बिहीबार बसेको संस्था सञ्चालक समितिको ६१औं बैठकले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश करसहित दिने निर्णय गरेको हो। ५० प्रतिशत बोनस शेयर वितरण गरेपछि संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्ने छ। 

फरवार्ड माइक्राेफाइनान्सकाे चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाइ रहेकाे छ। नेपाल स्टक एक्सचेञ्जमा फरवार्डको शेयर ३ हजार ५ सय ५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो।


 

More form the Internet

loading...