Suvadin, Home

पानी खोल्न नमान्ने, जानकारी पनि नदिने
भारतले गण्डक नहरमा पानी रोक्यो, पावरहाउस बन्द

भारतले गण्डक पावर हाउसमा दुई महिनादेखि पानी बन्द गरेको छ। गण्डकी नदीमा रहेको यो पावर हाउसमा भारतीय पक्षले बिनाजानकारी पानी बन्द गरेको हो। पानी बन्द भएपछि गण्डक पावर हाउसबाट उत्पादन हुने बिजुली बन्द भएको छ। भारतीय पक्षले नहर मर्मत तथा सम्भार गर्ने भन्दै नहरमा पानी नदिँदा जलविद्युत केन्द्रमा विद्युत उत्पादन बन्द भएको नेपालस्थित विद्युत प्राधिकरणका अधिकारीले जनाएका छन्।
गण्डक जलविद्युत केन्द्र।

बुटवल, जेठ ५- भारतले गण्डक पावर हाउसमा दुई महिनादेखि पानी बन्द गरेको छ। गण्डकी नदीमा रहेको यो पावर हाउसमा भारतीय पक्षले बिनाजानकारी पानी बन्द गरेको हो।

पानी बन्द भएपछि गण्डक पावर हाउसबाट उत्पादन हुने बिजुली बन्द भएको छ। भारतीय पक्षले नहर मर्मत तथा सम्भार गर्ने भन्दै नहरमा पानी नदिँदा जलविद्युत केन्द्रमा विद्युत उत्पादन बन्द भएको नेपालस्थित विद्युत प्राधिकरणका अधिकारीले जनाएका छन्।

नेपाल भारत गण्डक सम्झौता अनुसार १५ मेघावाट विद्युत उत्पादन क्षमता विद्युत उत्पादन गर्ने भनिए पनि गण्डक पावर हाउसमा १० मेघावाट मात्र विद्युत उत्पादन हुने भइरहेको छ। फागुन १८ गतेदेखि भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गर्रदा नेपाल गण्डक पावर हाउसमा विद्युत उत्पादन बन्द भएको गण्डक पावर हाउसका प्रमुख सुरेश राउतले बताए।

गण्डक सम्झौता अनुसार हरेक साल दुई पटक असोज १५  देखि कात्तिक १५ गतेसम्म नहरको अनुमगनका लागि र चैत १५ गतेदेखि वैशाख १५  गतेसम्म नहर मर्मत तथा सरसफाइका लागि बन्द गरिने प्रावधान छ। यो सम्झौताविपरीत भारतीय पक्षले पानी बन्द गरेको हो। सम्झौतामा उल्लेख भएबाहेक अन्य समयमा नहरमा पानी बन्द गर्नु परे नेपाललाई लिखित जानकारी गराउनुपर्ने भए पनि भारतले जानकारी नगराउने र बुझ्न जाँदा जवाफ नदिने गरेको गण्डक पावर हाउसका प्रमुख राउतले बताए।

गण्डक नहर र भारतबाट आउने विद्युत आयातमा कमी हुँदा बुटवलमा अनियमित विद्युत आपूर्ति भइरहेको छ। गण्डक पावर हाउसबाट आउने विद्युत भारतले पानी बन्द गरेको र भारतबाट आयात भएको विद्युत आधाभन्दा कम आएका कारण बुटवलमा ट्रिपिङ र लो भोल्टेजको समस्या हुँदै आएको छ। भारतले नहर सफा गर्ने बहानामा दुई महिना अगाडिदेखि गण्डक पावर हाउसमा पानी दिएको छैन। जसका कारण बुटवल क्षेत्रमा आउने नियमित विद्युत आपूर्तिमा समस्या भइरहेको छ ।

भारतबाट आउने विद्युत कम आइरहेको र गण्डक पावर हाउसबाट विद्युत उत्पादन नहुँदा बुटवलमा ट्रिपिङ र लो भोल्टेजको समस्या रहेको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए। भारतको रामनगरबाट योगिकुटी ग्रीड सवस्टेशनमा पहिले ४० मेगावट आउने गरेकोमा अहिले २५ मेगावाट मात्र आएकाले पनि विद्युत आपूर्तिमा समस्या भइरहेको उनले बताए।

गण्डक पावर हाउसमा ५ मेगावाट क्षमताका ३ वटा टर्वाइनबाट १५ मेगावट विद्युत उत्पादन हुने भए पनि अहिले भने दुई वटा टर्वाइन चालु अवस्थामा छन्।

नेपाल विद्युत प्राधिकरणले भारतलाई गण्डक पावर हाउसमा जाने पानी खोल्न बारम्बार आग्रह गरे पनि अटेर गरेको छ। वितरण कार्यालयका प्रमुख मिश्रले अबको साता दिनभित्र अहिले भइरहेको समस्या केही काम हुने र जेठको २५ पछि मात्र ट्रिपिङ र लो भोल्टेजको समस्या हट्ने बताए।

भारतबाट आउने २५ मेगावट विद्युत बिजुलीमध्ये १३२ केभी आउनुपर्नेमा अहिले ९० केभी आएकाले पनि विद्युत अनियमित भएको उनको भनाइ छ। बुटवलको योगिकुटीमा रहेको ग्रीड सवस्टेशनमा रहेका १ सय ३२ केभीका ६३ एमभीएको ३ वटा ट्रान्सफर्मर र ३३ केभीका १६ दशमलव ६ एमभीएका २ वटा ट्रान्सफर्मर चालु अवस्थामा रहेकाले वितरणमा कुनै पनि समस्या भने नभएको वितरण शाखाले जानकारी दिएको छ।

नेपाल भारत गण्डक सम्झौता अनुसार १५ मेघावाट विद्युत उत्पादन क्षमता विद्युत उत्पादन गर्ने भनिए पनि गण्डक पावर हाउसमा १० मेघावाट मात्र विद्युत उत्पादन हुने भइरहेको छ। फागुन १८ गतेदेखि भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गर्रदा नेपाल गण्डक पावर हाउसमा विद्युत उत्पादन बन्द भएको गण्डक पावर हाउसका प्रमुख सुरेश राउतले बताए।

न्यून भोल्टेजका कारण पंखा नघुम्ने, उपकरणहरू नचल्ने, मोबाइल चार्जसमेत नहुने, बत्तीले प्रकाश नफाल्ने लगायत समस्याबाट यहाँका जनता आजित भएका छन्। भारतबाट आउने बिजुली र गण्डकको बिजुलीले नवलपरासीदेखि पाल्पासम्म धानेको छ।

यसैबीच, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाले तीन महिनासम्म १० हजारभन्दा बढी बक्यौता तिर्न बाँकी ३ सय ४४ ग्राहकको लाइन काटेको छ।

लामो समयदेखि विद्युतको बक्यौता तिर्न बाँकी रहेका ३ सय ४४ ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका काार्यलय प्रमुख सञ्जयकुमार मिश्रले जानाकारी दिए। ३ सय ४४ ग्राहकको ७५ लाख ५४ हजार २ सय ९४ रुपैयाँ उठ्न बाँकी रहेको थियो।

कार्यालयले गत आर्थिक वर्षको सहित ३ सय ४० ग्राहकहरूबाट भने बक्यौता उठाउन सफल भएको छ। आर्थिक वर्ष ०७२÷०७३ का केही ग्राहक र अन्य तीन महिनाको अवधिमा गरी ३ सय ४० ग्राहकहरुबाट १ करोड ८ लाख ८५ हजार ६ सय ८ रुपैयाँ बक्यौता उठेको उनले बताए। ३ सय ४४ ग्राहकमध्ये अझै पनि कतिपयले बक्यौता शुल्क तिर्नुपर्ने र उठेको रकम पुरानाका ग्राहक पनि समावेश भएको कार्यालयले जनाएको छ। फागुनको दोस्रो सातादेखि लाइन काट्न सुरु गरिएको वितरण शाखाले अहिले पनि लाइन काटिरहेको छ।

नियम अनुसार बिल भुत्तानीका लागि लगिएको बिल पेशपश्चात ६१ दिनपछि विद्युतको लाइन काटिने प्रावधान रहेपनि आफूहरूले सेवाग्राहीको सुविधाका लागि तीन महिनाको अवधिपछि मात्र लाइन काट्न थालेएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए। तीन महिना पुगेको र १० हजार भन्दा बढी महशुल तिर्न बाँकी ग्राहकहरुलाई प्राधिकरण बुटवल वितरण शाखाले महसुल तिर्न सेवाग्राहीलाई अनुरोध समेत गरको छ। तर, कार्यालयले भने एक करोडभन्दा बढी रकम बुटवल उपमहानगरपालिकामा बक्यौता उठाउन बाँकी रहे पनि त्यसको लागि भने कुनै पहलकदमी गर्न सकेको छैन।


 

More form the Internet

loading...