Suvadin, Home
Bridge Water

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

मोबाइलको ब्याट्रीमा समस्या झेली रहेका ग्राहकहरूले अब मात्र रु १०,००० हजरमा तिरेर आफ्नु आइफोन साट्न सक्नेछन्। ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिको अफिस शेर्पा मल जानु पर्नेछ। सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ।

काठमाडौं, ३० जेठ – एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा वर्षौदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ। नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ।

मोबाइलको ब्याट्रीमा समस्या झेली रहेका ग्राहकहरूले अब मात्र रु १०,००० हजरमा तिरेर आफ्नु आइफोन साट्न सक्नेछन्। ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिको अफिस शेर्पा मल जानु पर्नेछ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ।

त्यसका लागि एप्पलका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड र क्विालिटी कम्प्यूटर (बिर्तामोड) बाट मात्र खरिद गर्न सक्नेछन्। साथै जेननेक्स्टको होलोग्राम बक्समा पनि हेर्न सकिन्छ।

अाफुले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि www.gnextcom.com/check-service-tag वेबसाइट लिंकमा गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिन्छ।

कम्पनीले सबै ग्राहकलार्इ एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्न र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु साथै सुनिश्चित हुन आग्रह गरेको छ।

थुप्रै फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन्। र, त्यी उच्च मुल्यका हुन्छन्, तर त्यस्ता फोनहरुको कुनै वारेण्टी नहुने र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन्।

त्यसैले कम्पनीले एप्पलका प्रयोगकर्ताहरुलाई सक्कली उत्पादनहरु मात्र खरिद गरेर अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहन समेत सुझाव दिएको छ।