Suvadin, Home

स्वावलम्बनका लागि उद्यमशीलता आवश्वक : उपप्रमुख मिश्र
धनगढीमा गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्र सञ्चालनमा

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन्। 
गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्रकाे उद्घाटन गरिँदै।

धनगढी, मंसिर ९– धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन्। 

गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्रको धनगढीमा उद्घाटन गर्दै मिश्रले सो कुरा बताएकी हुन्। 

एक समारोहकाबीच शाखाको उद्घाटन गर्दै उपप्रमुख मिश्रले स्वरोजगारमुलक व्यवसायले व्यक्तित्व विकासका साथै स्वावलम्बन बन्न सघाउने भन्दै सो कार्यको प्रशंसा गरिन। उनले बेरोजगारीका कारण युवाहरु विदेशीन बाध्य भएको भन्दै स्वरोजगारमुलक व्यवसायीलाई हौसला दिन सके  समस्या समाधानमा सघाउ पुग्ने समेत बताइन्।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डेले गुणस्तीय जिवन र स्वावलम्बनका लागि पनि स्वरोजगारमुलक व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राखे।  तालिम केन्द्र विगत ६ वर्षदेखि कैलालीको अत्तरियाबाट सेवा दिँदै आएको थियो।

करिब ८ लाखको लागतमा सि.एल. मार्ट धनगढीमा तालिम केन्द्रले सेवा सुरु गरेको सञ्चालक गीता सुनारले जानकारी दिइन्। उनले स्वस्थ, जागरुक र सुन्दर जीवनका लागि हरेक मानिसले ध्यान दिनुपर्ने र आत्मनिर्भर व्यवसायीको सम्मानको लागि राज्यले पनि सहयोग एवं हौसला दिनुपर्ने बताइन्। 
 


 

More form the Internet

loading...