Suvadin, Home

ग्लोबल आइएमर्इ बैंकको लाभांश घोषणा

बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य नाफा दुर्इ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरण गरेसँगै बैंकको चुक्ता पूँजी १० अर्ब तीन करोड रुपैयाँ पुग्नेछ।

काठमाडौं, १८ मंसिर – ग्लोबल आइएमर्इ बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट १६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। बैंकको मंसिर १८ गते बसेको ३०७औं संचालक समितिको बैठकले चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरणको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आगामी १२ वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य नाफा दुर्इ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरण गरेसँगै बैंकको चुक्ता पूँजी १० अर्ब तीन करोड रुपैयाँ पुग्नेछ।

हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार निक्षेप तथा ऋण लगानीमा आक्रमक ग्लोबल आइएमर्इको पूँजी कोष अनुपात ११.२७ प्रतिशत रहेको छ। पूँजीकोष अनुपातको व्यवस्थापनको लागि पनि बैंकले नगद भन्दा बोनस शेयरलार्इ प्राथमिकता दिएको हो।


 

More form the Internet

loading...