Suvadin, Home

खोरका बाख्रा काट्दै हिड्ने समूह गाउँमा सक्रिय, स्थानीय बासिन्दा त्रसित

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारेका छन् ।

अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन् । खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिए । 

खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


 

More form the Internet

loading...